नेभिगेशन
समाज

रास्वपालाई जनआन्दोलन समितिको पत्रः ‘रवि लामिछानेले यहि व्यवस्थाबाट न्याय पाउनेमा शंका व्यक्त गर्नुभएको छ, आन्दोलनमा सहकार्य गरौँ’

काठमाडौं ।  संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजा र हिन्दु राज्य फर्काउने आन्दोलनमा सहकार्य प्रस्ताव गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुवेदीले रास्वपाका कार्यवहाक सभापति डोल प्रसाद(डीपि) अर्याललाई एक पत्र लेख्दै यहि व्यवस्थामा रास्वपा सभापति लामिछानेले पनि न्याय पाउनेमा शंका व्यक्त गरेको उल्लेख गरेका छन् । 

Ncell
Extreme Energy

रुपन्देही कारागारमा रहेको रास्वपा सभापति लामिछानेलेलाई स्मरण गर्दै सुवेदीले लेखका छन्,‘तपाईका पार्टी सभापति रवि लामिछानेले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याउ पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छै।’ 

रास्वपालाई पठाएको पत्रमा उनले राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा रास्वपा वर्तमान व्यवस्थाबाट सन्तुष्ट नरहेको आफ्नो बुझाई रहेको उल्लेख गरेका छन् । 

सुवेदीले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र फर्काउन सहकार्यको प्रस्ताव गरेको पत्रमा लेखेका छन् । 

वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा साझा समझदारी हुन सक्ने आशा लिएको भन्दै सुवेदीले लेखेका छन्, ‘आउनुस्, यो चरम दल‍ीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौँ । संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, बहुदलीय प्रजातन्त्र पुनस्स्र्थापना गरौँ ।’

 जेठ १५ गतेदेखि देशव्यापी जनआन्दोलन थाल्न लागेको जानकारी दिँदै सुवेदीले वर्तमान व्यवस्था परिवर्तन गर्नु अहिलेको ऐतिहासिक आवश्यकता रहेको दाबी गरेका छन् । 

यस्तै वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षा पूरा गर्न असफल भएको पत्रमा उल्लेख गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा काठ सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...