नेभिगेशन
मुख्य समाचार

रास्वपालाई जनआन्दोलन समितिको पत्रः ‘रवि लामिछानेले यहि व्यवस्थाबाट न्याय पाउनेमा शंका व्यक्त गर्नुभएको छ, आन्दोलनमा सहकार्य गरौँ’

काठमाडौं ।  संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजा र हिन्दु राज्य फर्काउने आन्दोलनमा सहकार्य प्रस्ताव गरेका छन् ।

सुवेदीले रास्वपाका कार्यवहाक सभापति डोल प्रसाद(डीपि) अर्याललाई एक पत्र लेख्दै यहि व्यवस्थामा रास्वपा सभापति लामिछानेले पनि न्याय पाउनेमा शंका व्यक्त गरेको उल्लेख गरेका छन् । 

CG

रुपन्देही कारागारमा रहेको रास्वपा सभापति लामिछानेलेलाई स्मरण गर्दै सुवेदीले लेखका छन्,‘तपाईका पार्टी सभापति रवि लामिछानेले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याउ पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छै।’ 

रास्वपालाई पठाएको पत्रमा उनले राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा रास्वपा वर्तमान व्यवस्थाबाट सन्तुष्ट नरहेको आफ्नो बुझाई रहेको उल्लेख गरेका छन् । 

सुवेदीले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र फर्काउन सहकार्यको प्रस्ताव गरेको पत्रमा लेखेका छन् । 

वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा साझा समझदारी हुन सक्ने आशा लिएको भन्दै सुवेदीले लेखेका छन्, ‘आउनुस्, यो चरम दल‍ीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौँ । संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, बहुदलीय प्रजातन्त्र पुनस्स्र्थापना गरौँ ।’

 जेठ १५ गतेदेखि देशव्यापी जनआन्दोलन थाल्न लागेको जानकारी दिँदै सुवेदीले वर्तमान व्यवस्था परिवर्तन गर्नु अहिलेको ऐतिहासिक आवश्यकता रहेको दाबी गरेका छन् । 

यस्तै वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षा पूरा गर्न असफल भएको पत्रमा उल्लेख गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
समानुपातिक सूचीबाट फिर्ता भए आशिफ साह, भन्छन्ः अब प्रत्यक्ष चुनाव लड्छु

समानुपातिक सूचीबाट फिर्ता भए आशिफ साह, भन्छन्ः अब प्रत्यक्ष चुनाव लड्छु

साहले आफू सक्रिय राजनीतिमा नलागे पनि देश निर्माणप्रति गहिरो चासो रहेको उल्लेख गरेका छन् । बालेन–रवि–कुलमानको सहकार्य सम्भव होस् भन्ने उद्देश्यले भएका प्रयासहरूमा आफू नजिकबाट संलग्न रहेको र...
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।