नेभिगेशन
समाज

एन्ड्र्यू उशाकोभको कीर्तिमान : ३ दिन २३ घण्टामा अमेरिकाबाट सगरमाथाको शिखरसम्म

काठमाडौं ।  युक्रेन मूलका अमेरिकी नागरिक एन्ड्र्यू उशाकोभले सगरमाथा आरोहणको इतिहासमा नयाँ कीर्तिमान राखेका छन्। उनले समुद्री सतह अर्थात् न्यूयोर्कबाट सिधै ८,८४८ मिटर अग्लो सगरमाथाको शिखरसम्मको यात्रा मात्र ३ दिन, २३ घण्टा र ७ मिनेटमा सम्पन्न गरेकाे किर्तिमानी आरोही तथा एलिट एक्सपेडका संचालक निम्स पुर्जाले जानकारी दिए ।  उनको अभियान एलिट एक्सपेडले सञ्चालन गरेकाे थियाे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी मे १५ तारिखको बिहान १२:३० बजे न्यूयोर्कबाट आफ्नो अभियान सुरु गरी काठमाडौं हुँदै सिधै सगरमाथा आधार शिविर पुगेका थिए। त्यसपछि मे १९ को बिहान ९:२२ बजे उनले सगरमाथाको शिखरमा पाइला टेकेका थिए।

Ncell
Extreme Energy

सामान्यतया सगरमाथा चढ्न करिब ५० दिन लाग्ने गर्दछ, किनभने पर्वतारोहीहरूले उच्च उचाइमा शरीरलाई अनुकूल बनाउन 'एक्लिमेटाइजेसन'को प्रक्रिया अपनाउनुपर्छ। तर उशाकोभले विशेष तयारीका रूपमा ४०० घण्टाभन्दा बढी समय एक हाइपोक्सिक टेन्टमा बिताएका थिए, जसले उच्च उचाइको अवस्था अनुकरण गर्छ।

पुर्जाका अनुसार एन्ड्र्यू पेशेवर पर्वतारोही होइनन्। उनले २०२० मा पर्वतारोहण सुरु गरेका थिए। उनी व्यवसायी हुन् र एक सन्तानका पिता पनि हुन्। हालै मात्र उनी हिमपहिरोमा परी काँध भाँचिएर निको भएका थिए।

उनको अभियानमा  Elite Exped का गाइड र शेर्पाहरू — तेजन गुरुङ (टीजे), पुरबहादुर गुरुङ, विधान श्रेष्ठ, सुजल गुरुङ, कीटेम्बा शेर्पा र पेम्बा छेवाङ शेर्पा — को महत्त्वपूर्ण भूमिका थियो। आधार शिविरदेखि शिखरसम्मको यात्रामा उनले बोतल अक्सिजनको प्रयोग गरेका थिए।

एन्ड्र्यू र उनको टोलीले झर्ने क्रममा हिमालबाट फोहोर सङ्कलन गर्दै वातावरणीय संरक्षणमा पनि योगदान दिएका छन्।

“यो केवल हिमाल चढाइको कुरा होइन, यो आफैंलाई चुनौती दिने र आफ्नो सीमा पार गर्ने कुरा हो,” एन्ड्र्यूले आफ्नो सफलतापछि प्रतिक्रिया दिँदै भने।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा काठ सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...