नेभिगेशन
मुख्य समाचार

सर्वोच्चमा रवि लामिछानेको रिटमा सुनुवाई सुरु, रमण श्रेष्ठ र शम्भु थापाले पनि बहस गर्ने

काठमाडौँ । सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिट निवेदनमा आज सुनुवाइ सुरु भएको छ । मंगलबारबाट न्यायाधीश नहकुल सुवेदी र बालुकृष्ण ढकालको  इजलासमा सुनुवाइ भए पनि बुधबार भने स्थगित भएको थियो । 
आज सोहि इजलासमा सुनुवाई सुरु भएको हो । 

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै  थुनामा राख्ने उच्च अदालत बुटवल इजलासको आदेश विरुद्धको ७३ नम्बरको निवेदनमा सुनुवाई भैरहेको छ । लामिछाने जोडिएको सहकारी प्रकरणमा जोडिएका पूर्व डिआइजी छविलाल जोशीको ७३ नम्बरको निवेदन पनि सँगै राखेर सुनुवाई भैरहेको छ । 

CG

मंगलबार बहस नसकिएपछि उक्त निवेदन र रिट हेर्दाहेर्दैमा राखिएको थियो । मङ्गलवार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, अधिवक्ता दीपेन्द्र झा, डा।नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए । 

आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित केहि अधिवक्ताहरुले बहस गर्दै छन्  भने पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतका कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्दै छन्  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।
पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे...