नेभिगेशन
मुख्य समाचार

लेखा समिति बैठकमा सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबीच चर्काचर्की

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकमा माओवादी सांसद मोदीले आफुहरुलाई बोल्नका लागि सभापतिले रोक्ने गरेको आरोप लगाएपछि भनाभन भएको हो ।

CG

सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका बिषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्य भएको बताए । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्छ भन्दा सभापतिले पेल्न खोजेको उनले बताए । 

सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर धारणा राख्ने गरेको आरोप लगाए । सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको र खिच्नका लागि छुट्टै व्यक्ति ल्याएको समेत आरोप लगाए । त्यस्तै सभापति पोखरेलले हरेक पटक लेखा समिति बैठकलाई अमर्यादित बनाउने काम गरेको भनेपछि मोदीले आफुलाई समिति सभापतिले नभइ पार्टीले पठाएको जवाफ दिएका थिए । 

भनाभनका क्रममा पोखरेलले मोदीलाई पटक–पटक युट्युवबाट बिज्ञापन गर्नका लागि स्टन्ट गरेको दावी गरेका थिए ।  यसैबीच सार्वजनिक लेखा समितिले उजुरी छानविन गर्न गठित बिभिन्न उपसमितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । समितिमा परेका उजुरी मध्ये ४८ वटा उजुरीहरु छानविनका लागि समितिले यसअघि नै उपसमिति बनाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल

कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल

विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा सनिबार भएको छलफलमा अहिलेको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको सङ्कटको समाधान र पार्टीभित्रको द्वन्द्व अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छफफल भएको...
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७...
त्रिवेणीधाममा माधव नारायण मेला सुरु

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलामा व्रतालुले त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु हुने पुजारी सरोजन शर्माले...
कञ्चनपुरमा आजदेखि जलपंछी गणना

कञ्चनपुरमा आजदेखि जलपंछी गणना

नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा...