नेभिगेशन
मुख्य समाचार

राजावादीहरुलाई सञ्चारमन्त्रीको चेतावनीः राजावादी गतिविधिलाई प्रतिबन्ध लगाउन संवैधानिक छुट छ

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरूका प्रदर्शनलाई प्रतिबन्ध लगाउने सक्ने चेतावनी दिएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले राजावादी गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भएको भन्दै अहिलेसम्म नलगाएको बताएका हुन् । 

उनले राजावादीहरुले गरेका गतिविधि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विरोधी भएको भन्दै संविधान विरोधी क्रियाकलाप क्रियाकलाप बढेको दाबी गरे । 

CG

जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनको रूपमा सरकारले भव्य रूपमा मनाउन लागेकै दिन राजावादीहरुले प्रदर्शन गर्ने विषयलाई संकेत गर्दै उनले भने ‘त्यो दिनमा गणतन्त्रविरुद्ध राजावादीहरूले चुनौती दिने फेरि प्रयास गरेका छन्, हामीले उहाँहरूलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिएका छौँ। त्यो हाम्रो कमजोरी होइन, हामी डराएका होइन। उदारतापूर्वक अभ्यास गरौँ भनेर छाडिइएका हौँ। तर सधैँ यस्तो गतिविधि गरिरहे सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन। प्रतिवाद हुन्छ। त्यो गतिविधिले कस्तो रूप लिन्छ त्यही अनुसार सरकारले प्रतिवाद गर्छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल

कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल

विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा सनिबार भएको छलफलमा अहिलेको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको सङ्कटको समाधान र पार्टीभित्रको द्वन्द्व अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छफफल भएको...
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७...
त्रिवेणीधाममा माधव नारायण मेला सुरु

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलामा व्रतालुले त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु हुने पुजारी सरोजन शर्माले...
कञ्चनपुरमा आजदेखि जलपंछी गणना

कञ्चनपुरमा आजदेखि जलपंछी गणना

नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा...