नेभिगेशन
मुख्य समाचार

बाढी प्रभावित हुम्लाको तिलगाउँमा राहत पठाइएकोबारे संसदीय समितिमा जानकारी

काठमाडौँ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हुम्लाको तिलगाउँका बाढी पीडितलाई आवश्यक राहत सामाग्री उपलव्ध गराइसकेको जनाएको छ । 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले सो ठाँउको बस्तुगत अवस्थाको जानकारी लिइसकेपछि जिल्ला विपद् व्यवस्थापनमार्फत पीडितलाई आवश्यक राहत सामाग्री उपलव्ध गराएको जानकारी गराए । उनले चार वटा त्रिपाल, चामल १० क्वीन्टल, सय लिटर तेल,  नून २ क्वीन्टल, मैदा ३० क्वीन्टल लगाएतका राहत सामाग्री पुराइएको बताए । भट्टले हिमताल फुटेर नभइ तालको तल प्वाल परेपछि तिलगाउँ क्षेत्रमा बाढी आएको जानकारी दिए । 

CG

उनले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भन्दै विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताए । विपद् प्रतिकार्यका लागि स्थानीय तहलाई बढि प्रभावकारी बनाउनुपर्ने उनले बताए । 

बैठकमा समिति सदस्यहरुले सांसदहरुले मनसुनअघि नै विपद् जोखिमलाई न्यूनिकरणका लागि आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका थिए । समिति सभापति सोनाम गेल्जेन शेर्पाले विपद् व्यवस्थापनका लागि आवश्यक समन्वय गर्दै तयारीमा जुट्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।