नेभिगेशन
समाज

बाढी प्रभावित हुम्लाको तिलगाउँमा राहत पठाइएकोबारे संसदीय समितिमा जानकारी

काठमाडौँ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हुम्लाको तिलगाउँका बाढी पीडितलाई आवश्यक राहत सामाग्री उपलव्ध गराइसकेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले सो ठाँउको बस्तुगत अवस्थाको जानकारी लिइसकेपछि जिल्ला विपद् व्यवस्थापनमार्फत पीडितलाई आवश्यक राहत सामाग्री उपलव्ध गराएको जानकारी गराए । उनले चार वटा त्रिपाल, चामल १० क्वीन्टल, सय लिटर तेल,  नून २ क्वीन्टल, मैदा ३० क्वीन्टल लगाएतका राहत सामाग्री पुराइएको बताए । भट्टले हिमताल फुटेर नभइ तालको तल प्वाल परेपछि तिलगाउँ क्षेत्रमा बाढी आएको जानकारी दिए । 

Ncell
Extreme Energy

उनले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भन्दै विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताए । विपद् प्रतिकार्यका लागि स्थानीय तहलाई बढि प्रभावकारी बनाउनुपर्ने उनले बताए । 

बैठकमा समिति सदस्यहरुले सांसदहरुले मनसुनअघि नै विपद् जोखिमलाई न्यूनिकरणका लागि आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका थिए । समिति सभापति सोनाम गेल्जेन शेर्पाले विपद् व्यवस्थापनका लागि आवश्यक समन्वय गर्दै तयारीमा जुट्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै