नेभिगेशन
समाज

रवि लामिछानेको रिटको सुनुवाई आज पनि सकिएन, शुक्रबारका लागि हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ बिहीबार पनि हेर्दाहेर्दैमा परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भैरहेको सुनुवाईमा रवि लामिछाने सहित छविलाल जोशी पक्ष तथा सरकारी वकिलको पनि बहस सकिएको छ ।

Ncell
Extreme Energy

तर जाहेरीवालाको तर्फको बहस नसकिएपछि शुक्रबारका लागि हेर्दा हेर्दैमा राखिएको हो ।  लामिछाने जोडिएको सहकारी प्रकरणमा जोडिएका पूर्व डिआइजी छविलाल जोशीको ७३ नम्बरको निवेदन पनि सँगै राखेर सुनुवाई भैरहेको छ । 

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त,रमन श्रेष्ठ सुरेन्द्र थापा, अधिवक्ता दीपेन्द्र झा, डा‍नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए । 

पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका छन् । यस्तै आज सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता गोबिन्द खनाल लगायतले बहस गरेका थिए । अब शुक्रबार जाहेरीकर्ता पक्षबाट बहस हुने छ । भोली बसह सकिएपछि आदेश आउने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ढिला होला, तर गलत हुँदैन– बालेन शाह

ढिला होला, तर गलत हुँदैन– बालेन शाह

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ ।...
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विभिन्न स्थानबाट २० जना  किन परे पक्राउ ?

विभिन्न स्थानबाट २० जना किन परे पक्राउ ?

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।