नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेको रिटको सुनुवाई आज पनि सकिएन, शुक्रबारका लागि हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ बिहीबार पनि हेर्दाहेर्दैमा परेको छ ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भैरहेको सुनुवाईमा रवि लामिछाने सहित छविलाल जोशी पक्ष तथा सरकारी वकिलको पनि बहस सकिएको छ ।

CG

तर जाहेरीवालाको तर्फको बहस नसकिएपछि शुक्रबारका लागि हेर्दा हेर्दैमा राखिएको हो ।  लामिछाने जोडिएको सहकारी प्रकरणमा जोडिएका पूर्व डिआइजी छविलाल जोशीको ७३ नम्बरको निवेदन पनि सँगै राखेर सुनुवाई भैरहेको छ । 

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त,रमन श्रेष्ठ सुरेन्द्र थापा, अधिवक्ता दीपेन्द्र झा, डा‍नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए । 

पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका छन् । यस्तै आज सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता गोबिन्द खनाल लगायतले बहस गरेका थिए । अब शुक्रबार जाहेरीकर्ता पक्षबाट बहस हुने छ । भोली बसह सकिएपछि आदेश आउने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल

कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल

विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा सनिबार भएको छलफलमा अहिलेको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको सङ्कटको समाधान र पार्टीभित्रको द्वन्द्व अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छफफल भएको...
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७...
त्रिवेणीधाममा माधव नारायण मेला सुरु

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलामा व्रतालुले त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु हुने पुजारी सरोजन शर्माले...
कञ्चनपुरमा आजदेखि जलपंछी गणना

कञ्चनपुरमा आजदेखि जलपंछी गणना

नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा...