नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेको मुद्दामा आज आदेश आउन सक्ने, जोहरीकर्ताका तर्फबाट बहस जारी

काठमाडौं । सर्वोच्च अदालतमा  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितको रिटमा आज जाहेरीकर्ता पक्षले बहस सुरु गरेका छन् । सभापति लामिछाने सहित  पूर्वडीआइजी छविलाल जोशी र सरकारी वकिलका तर्फबाट बहस बीहिबार सकिएको थियो ।

आज जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गर्दै छन् । उनीहरुको बहस सकिएपछि निवेदकका तर्फबाट आजै जवाफी बहस हुने छ । रवि लामिछाने र छवि जोशीको पक्षबाट जवाफ बहस पछि आजै आदेश आउने उच्च सम्भावना रहेको छ । 
सहकारी प्रकरणमा उच्च अदालत तुलसिपुर बुटवल इजलासले लामिछानेलाई जिल्ला अदालतका रुपन्देहीको  धरौटीमा छाड्ने आदेश उल्टाउँदै थुनामा पठाएको थियो ।

CG


जोशीलाई भने जिल्ला अदालतले नै थुनामा पठाएको थियो । उच्च अदालतको आदेश आएको केहि मिनेटमा नै कानुनी प्रक्रियानै नपु¥याइ लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । 


अदालतबाट थुनामा पठाउने आदेश भैसकेपछि पनि प्रहरीले भने उनलाई अनुसन्धानका लागि हिरासतमा राख्ने भन्ने पुर्जी दिएर पक्राउ गरेको थियो । पक्राउ गरेको चौँथो दिनपछि मात्रै उनलाई अदालत पेश गरेर कारागार पठाइएको थियो । 


प्रहरीले लामिछानेलाई ३ दिनसम्म ग्रैह कानुनी थुनामा राखेको भन्दै लामिछानेकी पत्नी निकिता लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । साथै उच्च अदालतको आदेश खारेजको माग गर्दै लामिछानेका तर्फबाट ७३ नम्बरको निवेदन पनि सर्वोच्चमा परेको थियो । बन्दी प्रत्यक्षीकरणमा रिटमा जतिसक छिटो आदेश गर्नुपर्ने भएपनि हेर्न नमिल्ने न्यायधिशको इजलासमा परेको भन्दै ६ पटकसम्म सुनुवाई रोकिएको थियो । 


मंगलबारबाट न्यायाधिशदोय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाई भैरहेको छ । ३ दिनको सुनुवाई पछि आज आदेश आउन सक्ने देखिएको छ । 
सर्वोच्चले रवि लामिछानेको हकमा उच्चको आदेश बदर गरेको खण्डमा लामिछाने थुनामुक्त हुने छन् । यस्तै छविलाल जोशीको हकमा जिल्ला र उच्च दुवैको आदेश बदर भएको खण्डमा थुनामुक्त हुने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिवेणीधाममा माधव नारायण मेला सुरु

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलामा व्रतालुले त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु हुने पुजारी सरोजन शर्माले...
कञ्चनपुरमा आजदेखि जलपंछी गणना

कञ्चनपुरमा आजदेखि जलपंछी गणना

नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा...
निर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काभ्रेपलान्चोकका दुइवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लम्जुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले मात्रै रु...
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात  यात्रु सामान्य घाइते,छ जना  सामान्य उपचारपछि  ’डिस्चार्ज’

बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात  यात्रु सामान्य घाइते,छ जना  सामान्य उपचारपछि  ’डिस्चार्ज’

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको...