नेभिगेशन
मुख्य समाचार

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैनः प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गरेका छन् । नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उनले जोड दिए ।  

माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा आज बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्गले आर्थिक समृद्धिसँग यहाँका जनतालाई जोडेको बताए। उनले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको उल्लेख गर्दै आयोजना छिट्टै सक्न आवश्यक रहेको बताए ।  

CG

अध्यक्ष दाहालले मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढङ्गले अघि बढ्ने बताए। दलित, किसान, मजुदर, उत्पीडित वर्गलगायतका समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको उनको भनाइ थियो ।

“लोकमार्गले सबैभन्दा बढी भाग समेटिएको बागलुङमा विकासको ढोका खुला भएको छ, सडकले आर्थिक समृद्धिमा जोड्न मद्दत गर्दछ, बागलुङको अछेते–गलकोट सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अघि बढेको छ, गलकोट–म्याग्दी जोड्ने सडक निर्माण भए यहाँका जनतालाई फाइदा पुग्ने छ”, अध्यक्ष दाहालले भने, “खानै नपुगेर विदेश जाने वातावरणको अन्त्य गर्न आवश्यक छ, सरकारले वातावरण बनाओस्, मैले साथ दिन्छु, तर नेपालमा केही पनि भएन भन्ने कुरा भ्रम मात्रै हो ।”

नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताए । जनसंवाद कार्यक्रममा उठेका शिक्षा, उद्यम तथा सहकारी समस्याका विषयमा उनले जवाफ दिएका थिए । बिहीबार बागलुङको पातीहाल्नेबाट सुरु भएको जनसंवाद जागरण अभियान बुर्तिबाङ, गलकोट र ताराखोलामा सम्पन्न भएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिवेणीधाममा माधव नारायण मेला सुरु

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलामा व्रतालुले त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु हुने पुजारी सरोजन शर्माले...
कञ्चनपुरमा आजदेखि जलपंछी गणना

कञ्चनपुरमा आजदेखि जलपंछी गणना

नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा...
निर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काभ्रेपलान्चोकका दुइवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लम्जुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले मात्रै रु...
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात  यात्रु सामान्य घाइते,छ जना  सामान्य उपचारपछि  ’डिस्चार्ज’

बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात  यात्रु सामान्य घाइते,छ जना  सामान्य उपचारपछि  ’डिस्चार्ज’

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको...