नेभिगेशन
मुख्य समाचार

तीनकुने घटनाः प्रहरीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन, दुर्गा प्रसाईँलाई ५ कसुरमा मुद्दा चलाउन राय

प्रहरीले १०८ जनालाई मुद्दा चलाउनुपर्ने राय सरकारी वकिल समक्ष पेस छ ।

काठमाडौँ । प्रहरीले तीनकुने घटनाको अनुसन्धान सकेको छ । प्रहरीले आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अध्ययन गरी आइतबार मुद्दा लैजाने तयारी भएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रहरीले १०८ जनालाई मुद्दा चलाउनुपर्ने राय सरकारी वकिल समक्ष पेस गरेकाे छ । 

CG

उक्त घटनापछि प्रहरीले १८६ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ९६ जना केही दिनमै रिहा भएका थिए । प्रहरीले ३७ जनालाई हाजिरी जमानीमा छोडेको छ । प्रहरीको हिरासतमा अहिले ५३ जना रहेका छन् भने ९ जना फरार रहेका छन् । 

जसमध्ये दुर्गा प्रसाईंलाई संगठित अपराध सहित पाँच वटा कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय दिएको एक प्रहरी अधिकारीले जानकारी दिए । जसमा कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, राजद्रोह र आपराधिक उपद्रव कसुर रहेका छन् । 

त्यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई राजद्रोह र आपराधिक उपद्रवमा मुद्दा चलाउन राय दिइएको छ । 
राजसंस्था पुनस्थापनाको माग गर्दै राजावादीहरुले चैत १५ गते तीनकुनेमा प्रदर्शन गरेका थिए । सो क्रममा एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो भने तोडफोड र आगजनीको कारण करोडौँको क्षति भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विधायन व्यवस्था समितिद्वारा चलचित्र विधेयक पारित

विधायन व्यवस्था समितिद्वारा चलचित्र विधेयक पारित

चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक,...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

सोमबार ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता शेयर एक लाख ३७ हजार ६७६ पटक खरिद–बिक्री हुँदा रु १६ अर्ब ३५ करोड ५७ लाख ३०...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा सोमबार कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए...
चाइना युनान युथ वुमन्स टिमसँग नेपालले शनिबार मैत्रीपूर्ण फुटबल खेल्ने

चाइना युनान युथ वुमन्स टिमसँग नेपालले शनिबार मैत्रीपूर्ण फुटबल खेल्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गर्दै आगामी जनवरी ३१ अर्थात माघ १७ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जनाएको हो ।