नेभिगेशन
मुख्य समाचार

पूर्वराजाको कुण्डली मात्रै हेरेर राजतन्त्र फर्कदैन, जनताको कुण्डली पनि हेर्नुपर्छः प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको हकअधिकार र मुलुकको स्वाधीताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन् । 

राष्ट्रिय युवासङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना देखेर उत्साहित नहुन सुझाव दिए । 

CG

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कनेजस्ता हल्ला फिँजाएकोतर्फ इङ्गित गर्दै उनले भने, “पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली पनि हेर्नुपर्छ । ज्योतिषीहरुले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न आग्रह गर्छु ।”

“प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिनेजस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास नियन्त्रण गर्न तथा रोक्नका लागि आवश्यक तयारीसहित अग्रभागमा युवा सङ्घ आउनुपर्छ”, अध्यक्ष ओलीले भने, “एमालेमाथि आन्तरिक र बाहिरका विरोधीहरूबाट केन्द्रिकृत एवं चौतर्फी रुपमा आक्रमण भइरहेको छ । एमालेले गल्ती गरेको भए हामी अहिले जुन ठाउँमा छौैँ, त्यस ठाउँमा आउन दिने थिएनन् ।  सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी एमाले हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपरी आफ्ना काम–कर्तव्य पूरा गर्न म सबैसँग आग्रह गर्दछु ।”

अध्यक्ष ओलीले एमालेको योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै पार्टी नेतृत्वमाथि केन्द्रिकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिँजाउन खोज्ने प्रयासलाई तोड्न सबै देशभक्त र एमालेहरु एकजुट हुनुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका  लागि एमाले र कांग्रेसको सरकार बनेको उल्लेख गर्दै सरकार ढल्यो भनेर कराइरहेकाहरुलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरु सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट गरे । आफूहरु भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि उनले बताए ।

युवा सङ्घको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै पार्टी अध्यक्ष ओलीले नेतृत्वमा नअटेकाहरूको न्यायोचित व्यवस्थापन हुने भएकाले लुँछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे । 

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना  प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरु महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विधायन व्यवस्था समितिद्वारा चलचित्र विधेयक पारित

विधायन व्यवस्था समितिद्वारा चलचित्र विधेयक पारित

चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक,...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

सोमबार ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता शेयर एक लाख ३७ हजार ६७६ पटक खरिद–बिक्री हुँदा रु १६ अर्ब ३५ करोड ५७ लाख ३०...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा सोमबार कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए...
चाइना युनान युथ वुमन्स टिमसँग नेपालले शनिबार मैत्रीपूर्ण फुटबल खेल्ने

चाइना युनान युथ वुमन्स टिमसँग नेपालले शनिबार मैत्रीपूर्ण फुटबल खेल्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गर्दै आगामी जनवरी ३१ अर्थात माघ १७ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जनाएको हो ।