नेभिगेशन
समाज

सरकार यही रुपमा अघि बढे बर्खापछि ठुलो जनबिद्रोह गर्ने प्रचण्डको चेतावनी

बागलुङ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थीति बन्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागरण कार्यक्रम अन्र्तगत शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जादा पनि सरकार उल्टो बाटोमा हिडिरहेको भन्दै सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थीति बन्ने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले प्रतिपक्षीको हैसियतले सरकारलाई खवरदारीमात्रै गरेको र जनतामा आन्दोलनको अपिल नगरेको भन्दै सरकार यहि रुपमा अघि बढे बर्खापछि ठुलो जनबिद्रोह गर्ने चेतावनी दिए । बिगतमा पनि माओवादीले राखेका मुद्धाहरुलाई राज्यले गम्भीर रुपमा नलिदा १० बर्षे जनयुद्ध भएको उनले बताए । उनले आफु प्रधानमन्त्री हुदा गरेको कयौँ कामहरु अहिलेको सरकारले बिगारेको बताए । 

माओवादीलाई बलियो बनाउन पार्टीका सबै नेताहरु देश दौडाहमा हिडेको उल्लेख गर्दै प्रचण्डले माओवादी बलियो भए भ्रष्टाचार अन्त्य र नयाँ आर्थिक क्रान्तिका साथ समाजवादको नयाँ मोडलतर्फ देशलाई अघि बढाउने दावी गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।