नेभिगेशन
मुख्य समाचार

सरकार यही रुपमा अघि बढे बर्खापछि ठुलो जनबिद्रोह गर्ने प्रचण्डको चेतावनी

बागलुङ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थीति बन्ने बताएका छन् । 

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागरण कार्यक्रम अन्र्तगत शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जादा पनि सरकार उल्टो बाटोमा हिडिरहेको भन्दै सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थीति बन्ने बताएका हुन् । 

CG

उनले प्रतिपक्षीको हैसियतले सरकारलाई खवरदारीमात्रै गरेको र जनतामा आन्दोलनको अपिल नगरेको भन्दै सरकार यहि रुपमा अघि बढे बर्खापछि ठुलो जनबिद्रोह गर्ने चेतावनी दिए । बिगतमा पनि माओवादीले राखेका मुद्धाहरुलाई राज्यले गम्भीर रुपमा नलिदा १० बर्षे जनयुद्ध भएको उनले बताए । उनले आफु प्रधानमन्त्री हुदा गरेको कयौँ कामहरु अहिलेको सरकारले बिगारेको बताए । 

माओवादीलाई बलियो बनाउन पार्टीका सबै नेताहरु देश दौडाहमा हिडेको उल्लेख गर्दै प्रचण्डले माओवादी बलियो भए भ्रष्टाचार अन्त्य र नयाँ आर्थिक क्रान्तिका साथ समाजवादको नयाँ मोडलतर्फ देशलाई अघि बढाउने दावी गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विधायन व्यवस्था समितिद्वारा चलचित्र विधेयक पारित

विधायन व्यवस्था समितिद्वारा चलचित्र विधेयक पारित

चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक,...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

सोमबार ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता शेयर एक लाख ३७ हजार ६७६ पटक खरिद–बिक्री हुँदा रु १६ अर्ब ३५ करोड ५७ लाख ३०...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा सोमबार कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए...
चाइना युनान युथ वुमन्स टिमसँग नेपालले शनिबार मैत्रीपूर्ण फुटबल खेल्ने

चाइना युनान युथ वुमन्स टिमसँग नेपालले शनिबार मैत्रीपूर्ण फुटबल खेल्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गर्दै आगामी जनवरी ३१ अर्थात माघ १७ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जनाएको हो ।