नेभिगेशन
मुख्य समाचार

अध्यागमनको सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्छः शेखर कोइराला

उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर  हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । 
शनिबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका बिषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए ।  विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजिनामा दिदा उनकै नैतिकता सघाउ पुग्ने बताए ।

नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको बताए । उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलह?ले जनमत संग्रहबाट डराउन नहुने जिकिर गरे ।
साथै उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर  हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने बताए ।
 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । केही दिन अघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको...
पौष शुक्ल पूर्णिमाः वैदिक धर्मावलम्बीका घरघरमा स्वस्थानी व्रत सुरु

पौष शुक्ल पूर्णिमाः वैदिक धर्मावलम्बीका घरघरमा स्वस्थानी व्रत सुरु

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको...
रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक, यी हुन् एजेण्डा

रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक, यी हुन् एजेण्डा

बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने विषयमा छलफल हुने बताए। रास्वपाले हालै काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गरेको थियो।
क्यानद्वारा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

क्यानद्वारा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पुरुष, महिला तथा युवा तहमा वर्षभरि हुने विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । सन्...

भर्खरै