नेभिगेशन
मुख्य समाचार

सर्वोच्चको आदेशपछि रसुवाको कार्यक्रम छाेडेर रवि भेट्न रुपन्देही पुगे कार्यवाहक सभापति डिपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिका कार्यवाहक सभापति डोल प्रसाद अर्याल रसुवाको कार्यक्रम छोडेर सभापति रवि लामिछानेलाई भेट्न रुपन्देही पुगेका छन् । उनको आज रसुवा जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भएपनि उनले त्यहाँ अन्य नेताहरुलाई पठाएर आफू रुपन्देही तर्फ लागेका रास्वपाका एक नेताले जानकारी दिए । 

शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनमुक्त गर्न अस्वीकार गरेपछि उनी आफ्ना अन्य सारा काम छोडेर रुपन्देही कारागार पुगेको बताइएको छ । सर्वोच्चको आदेशलगत्तै रास्वपाको केन्द्रीय सचिवालय बैठक बसेको थियो । 

CG

उक्त बैठकले आज  दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक गर्ने निर्णय गरेको छ । त्यस्तै आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा  केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ । सचिवालय र केन्द्रीय समिति बैठक अघि कार्यावाहक सभापति डिपी अर्याल सभापति रवि लामिछानेलाई भेटेर फर्किएका हुन् । 

सर्वोच्चको आदेशपछि रास्वपाभित्र बिभिन्न बहस सुरु भएका छन् । केन्द्रीय समिति बैठकमा पार्टीको आगामी रणनीति सम्बन्धी विषयमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । केही दिन अघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको...
पौष शुक्ल पूर्णिमाः वैदिक धर्मावलम्बीका घरघरमा स्वस्थानी व्रत सुरु

पौष शुक्ल पूर्णिमाः वैदिक धर्मावलम्बीका घरघरमा स्वस्थानी व्रत सुरु

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको...
रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक, यी हुन् एजेण्डा

रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक, यी हुन् एजेण्डा

बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने विषयमा छलफल हुने बताए। रास्वपाले हालै काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गरेको थियो।
क्यानद्वारा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

क्यानद्वारा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पुरुष, महिला तथा युवा तहमा वर्षभरि हुने विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । सन्...

भर्खरै