नेभिगेशन
समाज

सर्वोच्चको आदेशपछि रसुवाको कार्यक्रम छाेडेर रवि भेट्न रुपन्देही पुगे कार्यवाहक सभापति डिपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिका कार्यवाहक सभापति डोल प्रसाद अर्याल रसुवाको कार्यक्रम छोडेर सभापति रवि लामिछानेलाई भेट्न रुपन्देही पुगेका छन् । उनको आज रसुवा जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भएपनि उनले त्यहाँ अन्य नेताहरुलाई पठाएर आफू रुपन्देही तर्फ लागेका रास्वपाका एक नेताले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनमुक्त गर्न अस्वीकार गरेपछि उनी आफ्ना अन्य सारा काम छोडेर रुपन्देही कारागार पुगेको बताइएको छ । सर्वोच्चको आदेशलगत्तै रास्वपाको केन्द्रीय सचिवालय बैठक बसेको थियो । 

Ncell
Extreme Energy

उक्त बैठकले आज  दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक गर्ने निर्णय गरेको छ । त्यस्तै आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा  केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ । सचिवालय र केन्द्रीय समिति बैठक अघि कार्यावाहक सभापति डिपी अर्याल सभापति रवि लामिछानेलाई भेटेर फर्किएका हुन् । 

सर्वोच्चको आदेशपछि रास्वपाभित्र बिभिन्न बहस सुरु भएका छन् । केन्द्रीय समिति बैठकमा पार्टीको आगामी रणनीति सम्बन्धी विषयमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

नेकपा एमालेको सिट व्यवस्थापनको आफ्नै परम्परा छ। पदाधिकारीहरूको वरीयताक्रम सचिवालयले निर्धारण गर्छ। आसन व्यवस्थापनमा भने पार्टी नेतृत्वकै तजबिज रहन्छ।
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।

भर्खरै