नेभिगेशन
समाज

रास्वपाले माग्यो भिजिट भिसामा जोडिएका गृहमन्त्रीको राजीनामा, सदन अवरुद्ध गर्ने चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  ‘भिजिट भिसा’ दुरुपयोग गरी मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भन्दै राजीनामा दिएर छानबिनमा सघाउन माग गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठकले गृह मन्त्री लेखक तथा उनको सचिवालयनै जोडिएको विषय सार्वजनिक भएकाले यथाशीघ्र पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सघाउन माग गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 
झाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ ।

Ncell
Extreme Energy

साथै गृह मन्त्रीले राजीनामा नदिए सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ । विज्ञप्तीमा यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा उत्पन्न हुन सक्ने नेपाली राजनीतिप्रतिको वितृष्णाको कारक नबन्न पनि सचेत गराइएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि बन्द, घाटा र निराशाले थलिएका राष्ट्रिय उद्योग तथा संस्थानहरू पुनः सञ्चालन र प्रतिस्पर्धी बन्न सक्ने अवस्थामा पुग्न थालेको बताएका छन् ।
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।
गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।
यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।