नेभिगेशन
मुख्य समाचार

रास्वपाले माग्यो भिजिट भिसामा जोडिएका गृहमन्त्रीको राजीनामा, सदन अवरुद्ध गर्ने चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  ‘भिजिट भिसा’ दुरुपयोग गरी मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भन्दै राजीनामा दिएर छानबिनमा सघाउन माग गरेको छ । 

शनिबार बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठकले गृह मन्त्री लेखक तथा उनको सचिवालयनै जोडिएको विषय सार्वजनिक भएकाले यथाशीघ्र पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सघाउन माग गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 
झाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ ।

CG

साथै गृह मन्त्रीले राजीनामा नदिए सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ । विज्ञप्तीमा यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा उत्पन्न हुन सक्ने नेपाली राजनीतिप्रतिको वितृष्णाको कारक नबन्न पनि सचेत गराइएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । केही दिन अघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको...
पौष शुक्ल पूर्णिमाः वैदिक धर्मावलम्बीका घरघरमा स्वस्थानी व्रत सुरु

पौष शुक्ल पूर्णिमाः वैदिक धर्मावलम्बीका घरघरमा स्वस्थानी व्रत सुरु

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको...
रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक, यी हुन् एजेण्डा

रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक, यी हुन् एजेण्डा

बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने विषयमा छलफल हुने बताए। रास्वपाले हालै काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गरेको थियो।
क्यानद्वारा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

क्यानद्वारा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पुरुष, महिला तथा युवा तहमा वर्षभरि हुने विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । सन्...

भर्खरै