नेभिगेशन
समाज

रविबारे सर्वोच्चको आदेशलाई लिएर रास्वपाले भन्यो, -अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास कमजोर नबनोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको रकम दुरुपयोगबारे पार्टी सभापति रवि लामिछाने हकमा सर्वोच्च  अदालतले गरेको फैसलालाई कानुनीरुपमा मात्रै स्वीकार गर्ने निर्णय गरेको छ। साथै कम्पनी ऐन अनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएकोमा भने आशंकाको सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार बसेको रास्वपा सचिवालयको ‘भर्चुअल’ बैठकले सर्वोच्चको आदेश कानुनीरुपमा  स्वीकार गर्दै  कम्पनी ऐन अनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडेर तथ्यहीन तर्कको आधारमा निर्णय भएको आशंका सहित चिन्ता व्यक्त गरेकाे छ। 

Ncell
Extreme Energy

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गर्दछौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘तर सहकारीको बोर्डमा रहेका, सहकारी वचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐन अनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशंकाको यथेष्ट सम्भावना रहेकोमा हाम्रो सरोकार र चिन्ता रहेको छ।’

त्यस्तै रास्वपाले अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत सचेत गराएको छ। विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत चिन्ता व्यक्त गर्दछौं।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि बन्द, घाटा र निराशाले थलिएका राष्ट्रिय उद्योग तथा संस्थानहरू पुनः सञ्चालन र प्रतिस्पर्धी बन्न सक्ने अवस्थामा पुग्न थालेको बताएका छन् ।
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।
गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।
यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।