नेभिगेशन
समाज

रविविरुद्व जाहेरीमा नाम दुरुपयोग भएका सहकारी पीडित भन्छन्ः 'हे भगवान! रवि जेल गएको पाप मलाई नबोकाउ'

भैरहवा । रास्वपा सभापति रवि लामिछानेको विरूद्वमा जाहेरी नदिएको बताउँदै आएका रूपन्देहीका नारायण पहराईले सर्वोच्चको आदेशमा समेत आफ्नो नाम पुनः समावेश भएको भन्दै आपत्ति जनाएका छन् ।
रविलाई पुर्पक्षका लागि थुनामा पठाउने सर्वोच्चमा आदेश ‘नारायणबहादुर पहराईसहितको जाहेरी’ उल्लेख गरेर आएपछि पहराईले सामाजिक सञ्जाल मार्फत दुख पोखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रविविरुद्व सुप्रिम सहकारी प्रकरणमा प्रहरीको प्रतिवदेन देखि सरकारी वकिलको मुद्दा अभियोजना गर्दा जोहरीकर्ताको ४४ जनाको सूचिमा पहराईलाई मुख्य जाहेरी कर्ता बनाइएको छ । 
यस अघि पनि पटक पटक आफूले आफ्नो बचत फिर्ताका लागि निवेदन दिएको तर रविविरुद्व जाहेरी नदिएको बताउँदै आएका पहराईले सर्वोच्चको आदेशमा समेत आफ्नो नाममा जाहेरीकर्ताकारुपमा आएपछि आपत्ती जनाउँदै सरकारले आफूप्रति पनि प्रतिसोध साँधेको भन्दै भ्रम नपर्न आग्रह सहित शनिबार राति फेसबुकमा  लेखेका छन् । उनले लेखेका छन्, ‘हे भगवान के मलाई यो देशमा बाच्ने अधिकार छैन किन म बिदेश नै जानू पर्ने हो ,किन म प्रति सरकारले प्रतिसोध साँद्धै छ, भ्रममा नपर्नुहोला ’

Ncell
Extreme Energy

उनले आफूलाई प्रहरी र राज्यसंयन्त्रले जबर्जस्ती मुद्दामा तानेको बताउँदै रवि लामिछानेलाई थुनामा परेको पापको भारी आफूले बोक्न नचाहाने बताएका छन् । साथै उनले उजुरीकर्ताबाट नाममा हटाइदिन अनुरोध गरेका छन् । उनले लेखेका छन् ‘म जाहेरीकर्ता होइन, मलाई प्रहरी र राज्यसंयन्त्रले जबर्जस्ती मुद्दामा तानेको छ । तर, सर्वोच्चको आदेशमा समेत मेरै नाम उल्लेख गरी वादी बनाएर राखिएको रहेछ,’ उनले लेखेका छन्, ‘मेरै कारणले रवि लामिछाने थुनामा परेका हुन् भने म यो पापको भारी बोक्न चाहन्नँ । कृपया दया गरी मेरो नाम उजुरीकर्ताबाट हटाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’

यस अघि पनि  आफ्नो रकम फिर्ताको सामान्य निवेदन जहाँ रवि लामिछानेको नाममा तोकिएको छैन, उक्त पत्रको दुरुपयोग गर्दै प्रहरीले जाहेरीकर्ता बनाएको बताउँदै आएका पहराईले थप लेखेको छन्,  ‘मैले यसअघि पनि जानकारी गराइसकेको थिएँ कि म जाहेरीकर्ता होइन, सादा निवेदनलाई जाहेरी बनाएर मेरो नाम दुरुपयोग गरियो,सयौँ पीडितमध्ये किन मेरो निवेदनलाई मात्र जाहेरीका रूपमा लिइयो रु के मलाई यो देशमा बाँच्ने अधिकार छैन रु विदेश नै जानुपर्ने हो रु किन मप्रति सरकारले प्रतशोध साँध्दै छ रु’ ।
पहराईले आफूमाथि अन्याय भएको भन्दै कानुनी उपचार खोजेको समेत बताएका छन् । साथै उनले लेखेका छन्, ‘राज्यले अति होइन, अत्याचारनै गर्यो ’।
यस्तो छ उनको स्टाटसः
''हे भगवान् के मलाई यो देशमा बाच्ने अधिकार छैन किन म विदेश नै जानू पर्ने हो ,किन म प्रति सरकारले प्रतिशोध  साधदैछ ,भ्रममा नपर्नुहोला, म जाहेरीकर्ता होइन होइन भन्दा नि । मैले यस अगाडी पनि जाहेरीकर्ता नभएको सादा निवेदनलाई जाहेरी बनाएर मेरो नाम दुरुपयोग गरेको जानकारी गराएकै थिए । हिजो सर्वोच्च अदालतबाट आएको आदेशमा पनि मेरै नाम उल्लेख गरी वादी बनाएर राखिएको रहेछ । मेरो तर्फबाट दिँदै नदिएको उजुरीलाई उजुरीकर्ता बनाउन पाइन्छ र ? एउटा निवेदनलाई कुन आधारमा उजुरीकर्ता बनाइयो ? सयौँ बचतकर्ताको निवेदन थियो मेरै निवेदनलाई उजुरी कसरी बनाइयो ? मैले यो बारेमा कानुनी उपचार पनि खोजी रहेको छु। मेरै कारणले रवि लामिछाने थुनामा परेका हुन भने म यो पापको भारी बोक्न चाहन्न , कृपया दया गरी मेरो उजुरीकर्ताबाट नाम हटाइदिनुहुन विनम्रताका साथ अनुरोध छ । अन्य धेरैलाई विना जानकारी उजुरीकर्ता बनाइएको छ, यसबारे अब सबैले बोल्नुपर्छ । राज्यले अति होइन अत्याचार नै गर्‍यो ।''
#हाम्रो बचत फिर्ता गर #सहकारीपीडित

पहराई मात्रै होइन यस अघि उजुरीकर्ताको १६ नम्बरमा नाम रहेकी गीता आचार्य र ६ नम्बरमा नाम रहेकी पूजा न्यौपानेले पनि आफूहरूले सहकारीमा डुबेको रकम उठाउन निवेदन दिएको तर लामिछानेविरूद्वको जाहेरीमा प्रहरीले दुरूपयोग गरेको भन्दै हटाउन माग गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने आकलन गरिएको छ ।
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ ।