नेभिगेशन
समाज

जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रुपमा मनाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले देशभरका सवैपालीकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

Ncell
Extreme Energy

काठमाडौँ उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनका लागि नेपाल जनसांस्कृतिक महासंघलाई कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए । 

बैठकले गणतन्त्रलाई सवल र सदृढ बनाउन पार्टीले जोड दिएको भन्दै व्यवस्थाबिरुद्ध हुने कुनैपनि गतिविधिहरु एमालेलाई स्वीकार्य नरहेको निष्कर्ष निकालेको पोखरेलले बताए । 

उनले जनताको अधिकारको रक्षा र संरक्षणका साथै गणतन्त्र स्थापनालाई जनताको  उत्सवको मनाउनेमा एमालेको ध्यान रहेको उल्लेख गरे । 

महासचिव पोखरेलले विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा चीन भ्रमण गरेको र भण्डारी एमाले आन्दोलनका नेता भएकाले हिसावले उहाको टीममा एमालेका नेताहरु रहनु स्वभाविक रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।