नेभिगेशन
मुख्य समाचार

तीनकुने घटनाः दुर्गा, धवल र रविन्द्रविरुद्ध यी कसुरमा मुद्दा दर्ता

काठमाडौँ । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । उनी विरुद्ध ६ ओटा कसुरमा मुद्दा दर्ता गरिएको छ । त्यसमा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुर रहेका छन् । 

उनी सहित ८ जनाविरुद्ध  कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको हो । हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको हो । 

CG

राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणा र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । 

गत चैत १५ गते राजसंस्था पुनस्थापनाका लागि भन्दै तीनकुने मा प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो प्रहरी र प्रदर्शनकारी ठूलो संख्यामा घाइते भएका थिए । 

प्रहरीले अनुसनधान सकेर शुक्रबार राय सहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो...
जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली  (तस्बिरहरु)

जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली (तस्बिरहरु)

अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ। पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ।
रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्...
संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

बुधबार बुटबलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगाएतका नेताहरुले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।