नेभिगेशन
समाज

दुर्गा प्रसाँईको बयानः 'ज्यान जोगाउन आओ, आओ भन्दै  प्रहरीतर्फ गाडी हुइँकाएको हुँ, कोही घाइते हुनेतर्फ सचेत थिएँ'

काठमाडौँ । चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईँले सो दिन आफू बच्नका लागि प्रहरीतर्फ गाडी हुइँकाएको प्रहरीमा बयान दिएका छन् । प्रसाईँले आफू कार्यक्रम स्थल नपुग्दै प्रहरीले अश्रु ग्याँस प्रहार गरेको, वरपरका घरका छतमा हातहतियार सहितका प्रहरीहरू बसेको देखेर आफूमाथि षड्यन्त्र गरेर मारिने डरमा बाँच्नका लागि आफूले प्रहरीतर्फ गाडी हुइँकाएको बयान दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफू सुरुमा गाडीको पछाडि बसे पनि प्रहरीले अश्रुग्याँस प्रहार गरेको देखेपछि चालकलाई हटाएर आफूले गाडी चलाएको बताएका छन् । प्रहरीतर्फ गाडी बढाए पनि आफू कोही घाइते हुन्छन् कि भन्ने विषयमा सचेत रहेको उनले बताएका छन् । 

Ncell
Extreme Energy

यस्तो छ गाडी हुइँकाएको विषयमा प्रसाँईले प्रहरीमा दिएको बयानः
"म उक्त जनविद्रोह घोषणा सभामा भाग लिन भनी मेरो आफ्नो घरबाट म र अन्य शुभ चिन्तकहरू समेत साइत हेरी दिनको १२ः३१ मिनेट जाँदा मात्र घर बाट निस्किनु भन्ने ज्योतिषीको सल्लाह अनुसार म मेरो घरमा रहनुभएकी ८६ वर्ष उमेर पुग्नु भएकी आमा कौशिला देवी प्रसाईँको हातबाट दही खाई साइत पारी मैले चढ्ने गरेको बागमती बा.प्र. ०१ ०२७ च. ३६४७ नम्बरको सेतो रङको हाईलक्स गाडीको पछाडि मानिस बस्ने भाग (डाला)मा चढी म लगायत हाल हिरासतमा रहेका प्रतिवादी दीपक खड्का ,राम कुमार धिमाल , गोपी खड्का लगायत मेरो कार्यक्रममा सहभागी हुनको लागी भेला जम्मा भएका करिब १२ हजार जति सर्वसाधारण मानिसहरू सहित म भक्तपुर ठिमी, पेप्सीकोला, जडीबुटी हुँदै काठमाडौँ कोटेश्वर बाट अगाडि बढी तीनकुनेमा रहेको ट्राफिक आईलेनमा आई पुगेको थिएँ । म सो ठाउँमा आई पुग्दा अन्दाजी दिनको १३ः१० देखी १३ः२० जति बजेको थियो। म समेतले आयोजना गरेको उक्त जन विद्रोह घोषणा सभाको लागी सोही आईलेन नजिक रहेको खुल्ला चौरमा मञ्च बनाएको कारण म आफु गाडीको पछाडि नै बसी कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारण मानिसहरूलाई हात हल्लाउँदै अगाडि बढ्दै थिएँ । म भएको ठाउँबाट कार्यक्रम स्थलको मञ्च लगभग १५० मिटर जति दुरीमा थियो । म सोही मञ्चतिर अगाडि बढी रहेको र सोही समयमा मञ्च भएको स्थानमा जम्मा भएका सर्वसाधारण मानिसहरू उक्त चौरबाट भाग दौड गरी रहेको, मञ्चमा धुवाको मुस्लो उडिरहेको, कोही भुईँमा लडेको मैले देखे र सोही समयमा म आफू चढेको गाडीमा अश्रु ग्याँस प्रहार भई गाडीको डालामा नै झरेको र मेरो कानको नजिक बाट आवाज आई गोली गएको कारण मलाई लक्षित गरी विभिन्न व्यक्तिहरू घुषपैठ गरी गराई, कार्यक्रम स्थलको वरपर रहेका घरको छतमा अपरिचित मानिसहरू हतियार सहित बसेको मैले देखेपछि मलाई मार्ने योजना बनाएको भन्ने कुरा मलाई लागेपछि म गाडीको पछाडिको डालाबाट हाम फाली गाडी चलाई रहेको ड्राइभरलाई बाहिर निकाली उक्त गाडीको ड्राईभरको सिटमा म आफैँ बसी म आफ्नो ज्यान जोगाउन सुरक्षाको लागी सबै जना आओ, आओ भन्दै आफू बाँच्नको लागी कार्यक्रममा आएका अन्य मानिसहरूलाई समेत बचाउन भनी अरूलाई समेत बोलाई प्रहरीको घेरा भित्र जाने भनी गाडी मैले चलाई अगाडि बढाएको हुँ। गाडी मैले अगाडि बढाउँदा भिडियोमा देखिएको जस्तो र प्रहरी प्रतिवेदनमा उल्लेख भए जस्तो तीव्र गतिमा कुदाएको छैन र मैले गाडीको ब्रेक हान्दै हाफ क्लोजमा प्रहरीलाई र अन्य कोही सर्वसाधारण मानिसहरूलाई चोट नलागोस् भनी आफू सचेत भई अगाडि बढेको हुँ । डिउटीमा खटिएका प्रहरी कर्मचारीहरूलाई घाउ चोट हुने गरी गाडीले पेलेर लगेको छैन । बरु सो समयमा मेरो गाडी नै फुटाइएको छ। म आफू सुरक्षित हुनको लागी मात्र हतार गरी प्रहरीको घेरा भित्र गएको हुँ ।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।