नेभिगेशन
मुख्य समाचार

दुर्गा प्रसाँईको बयानः 'ज्यान जोगाउन आओ, आओ भन्दै  प्रहरीतर्फ गाडी हुइँकाएको हुँ, कोही घाइते हुनेतर्फ सचेत थिएँ'

काठमाडौँ । चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईँले सो दिन आफू बच्नका लागि प्रहरीतर्फ गाडी हुइँकाएको प्रहरीमा बयान दिएका छन् । प्रसाईँले आफू कार्यक्रम स्थल नपुग्दै प्रहरीले अश्रु ग्याँस प्रहार गरेको, वरपरका घरका छतमा हातहतियार सहितका प्रहरीहरू बसेको देखेर आफूमाथि षड्यन्त्र गरेर मारिने डरमा बाँच्नका लागि आफूले प्रहरीतर्फ गाडी हुइँकाएको बयान दिएका छन् । 

उनले आफू सुरुमा गाडीको पछाडि बसे पनि प्रहरीले अश्रुग्याँस प्रहार गरेको देखेपछि चालकलाई हटाएर आफूले गाडी चलाएको बताएका छन् । प्रहरीतर्फ गाडी बढाए पनि आफू कोही घाइते हुन्छन् कि भन्ने विषयमा सचेत रहेको उनले बताएका छन् । 

CG

यस्तो छ गाडी हुइँकाएको विषयमा प्रसाँईले प्रहरीमा दिएको बयानः
"म उक्त जनविद्रोह घोषणा सभामा भाग लिन भनी मेरो आफ्नो घरबाट म र अन्य शुभ चिन्तकहरू समेत साइत हेरी दिनको १२ः३१ मिनेट जाँदा मात्र घर बाट निस्किनु भन्ने ज्योतिषीको सल्लाह अनुसार म मेरो घरमा रहनुभएकी ८६ वर्ष उमेर पुग्नु भएकी आमा कौशिला देवी प्रसाईँको हातबाट दही खाई साइत पारी मैले चढ्ने गरेको बागमती बा.प्र. ०१ ०२७ च. ३६४७ नम्बरको सेतो रङको हाईलक्स गाडीको पछाडि मानिस बस्ने भाग (डाला)मा चढी म लगायत हाल हिरासतमा रहेका प्रतिवादी दीपक खड्का ,राम कुमार धिमाल , गोपी खड्का लगायत मेरो कार्यक्रममा सहभागी हुनको लागी भेला जम्मा भएका करिब १२ हजार जति सर्वसाधारण मानिसहरू सहित म भक्तपुर ठिमी, पेप्सीकोला, जडीबुटी हुँदै काठमाडौँ कोटेश्वर बाट अगाडि बढी तीनकुनेमा रहेको ट्राफिक आईलेनमा आई पुगेको थिएँ । म सो ठाउँमा आई पुग्दा अन्दाजी दिनको १३ः१० देखी १३ः२० जति बजेको थियो। म समेतले आयोजना गरेको उक्त जन विद्रोह घोषणा सभाको लागी सोही आईलेन नजिक रहेको खुल्ला चौरमा मञ्च बनाएको कारण म आफु गाडीको पछाडि नै बसी कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारण मानिसहरूलाई हात हल्लाउँदै अगाडि बढ्दै थिएँ । म भएको ठाउँबाट कार्यक्रम स्थलको मञ्च लगभग १५० मिटर जति दुरीमा थियो । म सोही मञ्चतिर अगाडि बढी रहेको र सोही समयमा मञ्च भएको स्थानमा जम्मा भएका सर्वसाधारण मानिसहरू उक्त चौरबाट भाग दौड गरी रहेको, मञ्चमा धुवाको मुस्लो उडिरहेको, कोही भुईँमा लडेको मैले देखे र सोही समयमा म आफू चढेको गाडीमा अश्रु ग्याँस प्रहार भई गाडीको डालामा नै झरेको र मेरो कानको नजिक बाट आवाज आई गोली गएको कारण मलाई लक्षित गरी विभिन्न व्यक्तिहरू घुषपैठ गरी गराई, कार्यक्रम स्थलको वरपर रहेका घरको छतमा अपरिचित मानिसहरू हतियार सहित बसेको मैले देखेपछि मलाई मार्ने योजना बनाएको भन्ने कुरा मलाई लागेपछि म गाडीको पछाडिको डालाबाट हाम फाली गाडी चलाई रहेको ड्राइभरलाई बाहिर निकाली उक्त गाडीको ड्राईभरको सिटमा म आफैँ बसी म आफ्नो ज्यान जोगाउन सुरक्षाको लागी सबै जना आओ, आओ भन्दै आफू बाँच्नको लागी कार्यक्रममा आएका अन्य मानिसहरूलाई समेत बचाउन भनी अरूलाई समेत बोलाई प्रहरीको घेरा भित्र जाने भनी गाडी मैले चलाई अगाडि बढाएको हुँ। गाडी मैले अगाडि बढाउँदा भिडियोमा देखिएको जस्तो र प्रहरी प्रतिवेदनमा उल्लेख भए जस्तो तीव्र गतिमा कुदाएको छैन र मैले गाडीको ब्रेक हान्दै हाफ क्लोजमा प्रहरीलाई र अन्य कोही सर्वसाधारण मानिसहरूलाई चोट नलागोस् भनी आफू सचेत भई अगाडि बढेको हुँ । डिउटीमा खटिएका प्रहरी कर्मचारीहरूलाई घाउ चोट हुने गरी गाडीले पेलेर लगेको छैन । बरु सो समयमा मेरो गाडी नै फुटाइएको छ। म आफू सुरक्षित हुनको लागी मात्र हतार गरी प्रहरीको घेरा भित्र गएको हुँ ।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो...
जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली  (तस्बिरहरु)

जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली (तस्बिरहरु)

अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ। पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ।
रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्...
संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

बुधबार बुटबलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगाएतका नेताहरुले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।