नेभिगेशन
समाज

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ गबुवामा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार पक्राउ पर्नेमा कटारी नगरपालिका–४  गबुवाका २५ वर्षिय सुजन भन्ने राजकुमार तामाङ, २० वर्षिय  नबिन श्रेष्ठ,  २० वर्षिय जीवन तामाङ र अर्का एक नाबालक रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Ncell
Extreme Energy

पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट ७ दिनको  म्याद  थप गरि अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी कमल बजगाईंले बताए।  डिएसपि बजगाईंले शनिबार १४ वर्षीया बालिका बलात्कार परेको भन्ने जाहेरी आउनसाथ इलाका प्रहरी कार्यालय कटारीको टोलीले पक्राउ गरेको जानकारी दिए । 

शुक्रबार रातिको घटना प्रश्चाप शनिवार विहान बालिका घर पुगी दिदीलाई जानकारी गराएको र त्यस लगत्तै घटना प्रहरीले समक्ष आइपुगेको थियो। जानकारी आउन साथ आधा घण्टा भित्र आरोपितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको डिएसपी बजगाईंले जानकारी बताए । बालिकाको स्वास्थ जाँच गरी सेफ हाउसमा पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर...
लागुऔषधसहित २५ जना पक्राउ

लागुऔषधसहित २५ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको...