नेभिगेशन
समाज

रमेश लेखकको स्पष्टीकरणपछि काँग्रेसको निष्कर्ष- भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन

काठमाडौँ । नेपाल काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ । सोमबार देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले दिएको स्पष्टीकरणपछि सो निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले बताए । 

‘गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा सविस्तार आफ्नो कुरा राख्नुभयो । आफ्नो कुनै पनि किसिमको संलग्नता छैन, मैले कुनै कमी, कमजोरी र गल्ती गरेको छैन भन्ने कुरा सविस्तार राख्नुभयो । उहाँले आफ्नो विषय राखेपछि हामीले त्यसलाई पूर्ण रुपमा विश्वास गर्‍यौँ कि उहाँको साँच्चिकै भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन । तर जो संलग्न छन् ती माथि कारबाही हुनुपर्छ । निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा २ मत छैन । यस्तो किसिमको भिजिट भिसाको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने कुराहरू हामीलाई मान्य छैन र जो संलग्न छन्, उनीहरूमाथि कारबाही हुनुपर्छ र तर गृहमन्त्रीको त्यसमा संलग्नता छैन भन्ने विषयमा हामी विश्वस्त भयौँ ।’, महतले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गाउँ छाडेका सेवाग्राही खोज्दै म्यादीका जनप्रतिनिधि र कर्मचारी सहरमा शिविर

गाउँ छाडेका सेवाग्राही खोज्दै म्यादीका जनप्रतिनिधि र कर्मचारी सहरमा शिविर

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् ।
रास्वपा र राप्रपाका सांसदलाई संसद् बहिस्कारसम्बन्धी निर्णय सच्चाउन माग

रास्वपा र राप्रपाका सांसदलाई संसद् बहिस्कारसम्बन्धी निर्णय सच्चाउन माग

बैठकको विशेष सयमा सांसद बाँस्कोटाले रास्वपा र राप्रपाले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेको बताए । भिजिट भिसा प्रकरणका बारेमा ती दुई दलले भनेका विषयलाई तथ्यले प्रमाणित गर्न...
आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै

बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने छन् ।