नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणमा माओवादीको निष्कर्ष, ‘पावर दुरुपयोग हुन नपाओस्, गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले विवादमा तानिएपछि र सार्वजनिक रुपमा प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताइ । उनले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिनका लागि पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । ‘हाम्रो पार्टीको पदाधिकारी बैठकले के निष्कर्ष निकालेको छ भने राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।’, उनले भने, ‘उहाँ गृहमन्त्रालयमा बसेर पावर दुरुपयोग हुन नपाओस् । उहाँले तुरुन्त राजीनामा दिनुपर्छ ।’

Ncell
Extreme Energy

गृहमन्त्रीले राजीनामा दिन ढिला गरे राज्यको साख गिर्दै जाने उनको भनाई छ । 

त्यस्तै पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सफल भएको निष्कर्ष निकालेको छ । सापकोटाले अभियान निकै प्रभावकारी भएको र जनताको उपस्थीति र आकर्षण गुणात्मक ढंगले बढेको पार्टीको निष्कर्ष रहेको उल्लेख गरे । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।