नेभिगेशन
समाज

गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने ३ नेतालाई स्पष्टीकरण सोध्नुपर्ने पदाधिकारीकाे प्रस्तावमा देउवा मौन

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भन्ने ३ जना नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा पार्टीका नेता डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव भएको नेता शशांक कोइरालाले बताए ।

कोइरालाले बैठकमा पदाधिकारीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको विषयमा ३ नेतालाई स्पष्टीकरण सोध्न सभापतिलाई प्रस्ताव गरिएको बताए । उनले भने, ‘हामीले सभापतिलाई तपाईँले उहाँहरूलाई बोलाएर सोध्नुहोस् के भएको हो ? भनेका थियौँ ।’, कोइरालाले भने, ‘समस्याको समाधान त निकाल्नुपर्‍यो नि। पार्टीभित्र मुठभेड गरेर कसैको फाइदा हुन्छ ? भनेर हामीले उनीहरुसँग स्पष्टीकरण माग्नुस् भनेका हौँ।’

CG

पदाधिकारीको यो प्रस्तावमा देउवाले कुनै पनि जवाफ नदिएको कोइरालाले बताए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...