नेभिगेशन
समाज

गृहमन्त्रीको राजीनामाबारे निर्णय गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा विवादित गृहमन्त्री रमेश लेखकको राजीनामाबारे निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ । पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाएको प्रवक्ता मनिष झाले बताए ।

झाका अनुसार बैठकमा भिजिट भिसा प्रकरणमा विवादमा तानिएका गृहमन्त्रीको राजीनामाबारे निर्णय हुने र आगामी दिनमा सदनमा पार्टीले निभाउुनपर्ने भुमिकाबारे छलफल हुनेछ । 

CG

त्यसो त रास्वपाले यसअघि नै एक विज्ञप्तीमार्फत गृहमन्त्रीका राजीनामा माग गरिसकेको छ । त्यस्तै लेखकले राजीनामा नदिए मंगलबारबाट बस्ने प्रतिनिधि सभाको बैठक अवरोध गर्ने पार्टीका नेताहरुले चेतावनीसमेत दिइसकेका छन् । 

रास्वपाले सो चेतावनी दिइरहँदा नेपाली कांग्रेसको पदाधिकारी बैठकले भने गृहमन्त्री रमेश लेखकको सो प्रकरणमा संलग्नता नरहेको र राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...