नेभिगेशन
समाज

गंगानारायण श्रेष्ठ माओवादीमा फर्किए, केन्द्रीय सचिवको जिम्मेवारी प्रदान

काठमाडौँ । नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ माओवादी केन्द्रमा फर्किएका छन्। झन्डै एक दशकअघि डा. बाबुराम भट्टराईसँगै माओवादी पार्टी परित्याग गरेका श्रेष्ठ सोमबारदेखि माओवादीमा फर्किएका हुन् । माओवादी श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ । 

ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबिच पार्टी एकता भएको हो । श्रेष्ठले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अघि बढाउँदै दस्तावेजमा हस्ताक्षर गरेका छन् । 
२०७२ असोजमा बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति पार्टी खोलेपछि उनी सोही पार्टीमा लागेका थिए । तर पछिल्लो समय महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)मा लागेका थिए । 
श्रेष्ठले नेसपा अध्यक्ष यादवले माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमति गरेपनि स्पष्ट तत्परता नदेखाएको भन्दै एकल पहलमा पार्टी एकता प्रक्रिया अघि बढाउँदै माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

CG

श्रेष्ठले नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफू पक्षमा रहेको दाबी गर्दै उनीहरूलाई समेत माओवादी केन्द्रमा समाहित गराएका छन्।

party-ekata-1748247801.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...