नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्रीको ‘उत्तेजक’ अभिव्यक्तिमाथि गगन थापाको टिप्पणी, ‘यस्ता कुरा आइन्दा नदोहोरियोस्’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको उत्तेजित अभिव्यक्तिलाई लिएर टिप्पणी गरेका छन् । सोमबार पदाधिकारी बैठकबाट बाहिरने क्रममा महामन्त्री थापाले प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आगामी दिनमा त्यस्ता अभिव्यक्ति नदोर्याउन सुझाव दिएका हुन् ।

राजावादीको आन्दोलनलाई लिएर प्रधानमन्त्री अभिव्यक्तिप्रति टिप्पणी गर्दै थापाले भने, ‘‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदै । त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो। त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस्।’

CG

प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको कार्यक्रममा बोल्दै जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्ति उत्तेजक भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री स्वयम्ले हिंसा भड्काउन खोजेको आरोप लागिरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।