नेभिगेशन
समाज

प्रधानमन्त्रीको ‘उत्तेजक’ अभिव्यक्तिमाथि गगन थापाको टिप्पणी, ‘यस्ता कुरा आइन्दा नदोहोरियोस्’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको उत्तेजित अभिव्यक्तिलाई लिएर टिप्पणी गरेका छन् । सोमबार पदाधिकारी बैठकबाट बाहिरने क्रममा महामन्त्री थापाले प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आगामी दिनमा त्यस्ता अभिव्यक्ति नदोर्याउन सुझाव दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजावादीको आन्दोलनलाई लिएर प्रधानमन्त्री अभिव्यक्तिप्रति टिप्पणी गर्दै थापाले भने, ‘‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदै । त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो। त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस्।’

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको कार्यक्रममा बोल्दै जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्ति उत्तेजक भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री स्वयम्ले हिंसा भड्काउन खोजेको आरोप लागिरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।