नेभिगेशन
मुख्य समाचार

कार्यपालिका बैठकको माग गर्दै उपप्रमुख डंगोलसहित ४१ सदस्यले बालेनलाई बुझाए पत्र (पत्रसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४१ जना कार्यपालिका सदस्यहरुले संयुक्त रुपमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्। उपमेयर सुनिता डंगोलको नेतृत्वमा सबै वडाका वडाध्यक्षहरुको सहमतिमा सोमबार मेयर शाहको सचिवालयमा पत्र बुझाइएको हो । 

सदस्यहरुले बुझाएको पत्रमा महानगरमा पुष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको र आफूहरुले पटकपटक कार्यपालिका बैठकको माग गरेपनि बेवास्ता गरिएको बताइएको छ । 

CG

त्यसो त महानगरका मेयर बालेन शाहले काठमाडौँ भ्यू टावरको नक्सा पास प्रक्रियामा अनियमितता भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निलम्बन गरेका थिए । तर उपप्रमुख डंगोलसहित विभिन्न वडाका वडाध्यक्षहरुले गुरागाईँलाई बलजफ्ती कार्यालयमा प्रवेश गराएका थिए । सोही विषयमा रुष्ट भएका शाहले हालसम्म पनि कार्यपालिका बैठक बोलाएका छैनन् । 

1-1748251353.jpg

2-1748251365.jpg

3-1748251376.jpg

4-1748251386.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।