नेभिगेशन
मुख्य समाचार

निकिता पौडेलको गुनासो, ‘अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले आफूले सर्वोच्चमा दायर गरेको रिटको आदेश सुन्न बसेको आफूमाथि नै अदालत प्रशासनले गैरजिम्मेवारीपन देखाएको बताएकी छिन् । सोमबार फेसबुकमा एक स्टाटस लेख्दै उनले आफू निवेदक भएको र आदेश सुन्न अदालत कुरेर बसेको आफूमाथि अदालत प्रशासनले गैरजिम्मेवारीपन देखाएको गुनासो गरेकी छिन् । 

पौडेलले दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा ७ घण्टासम्म पनि अदालतका प्रवक्ताको कोठामा आदेश सुन्न बसेको तर अदालतले आदेश सुनाउनुपूर्व बाहिर चुहाएको भन्दै गुनासो व्यक्त गरेकी छिन् । ‘करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे। केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो। ‘एकैछिन है ..’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन। आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए।’, उनले लेखेकी छिन्, ‘‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए। त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन प्रवक्ता। बाहिर निस्किदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो। म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार। अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश ! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ।’

CG

उनले शुक्रबारको तनाब, अनिन्द्रा र रुवाई जिन्दगीकै अत्यन्तै कठिन दिन भएको बताएकी छिन् । त्यस्तै उनले अन्यायको शिकार भएर जिउँदो लास भएकी आफू श्रीमान (रवि)को अगाडि पुगेपछि मात्रै होस खुलेजस्तो भएको बताएकी छिन् । 

त्यस्तै उनले केही प्रमाण नभेटिँदा पनि श्रीमानविरुद्ध मुद्दा लगाइएको, थुनामा राखिएको र सोविरुद्ध आफूले दायर गरेको रिटमा अदालतले एक शब्द समेत नबोलेको गुनासो गरेकी छिन् । ‘केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौं ?’, उनले लेखेकी छिन् । 
पौडेलले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको बताएकी छिन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछानेले डा. स्वर्णिम वाग्लेलाई भने, ‘आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्’

रवि लामिछानेले डा. स्वर्णिम वाग्लेलाई भने, ‘आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्’

उनले यो देशलाई निकास दिनको लागि नेता र पार्टीका तर्फबाट आफूहरुले गर्नुपर्ने सबै काम गर्ने बताए । तर जनताले भोट हाल्ने बेला हात कामउन नहुने उनको धारणा छ...
टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण: राष्ट्रपति पौडेल

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण: राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले भने, “नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको छ । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल...
विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण

विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण

सोमबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गर्दै उनीहरुले बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय सच्चाएर पुषमा विशेष महाधिवशेनको निर्णय गर्न माग गरेका हुन् । कांग्रेस नेता देवराज चालिसेले...
पहिलो पटक नेपालमा आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शन(तस्बिरहरु)

पहिलो पटक नेपालमा आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शन(तस्बिरहरु)

विश्वकप हुनुअघि विभिन्न देशमा ट्रफी प्रदर्शन गर्ने क्रममा सोमबार राष्ट्रपति कार्यालयमा प्रदर्शन गरिएको छ। आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक ल्याइएको हो ।