नेभिगेशन
समाज

निकिता पौडेलको गुनासो, ‘अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले आफूले सर्वोच्चमा दायर गरेको रिटको आदेश सुन्न बसेको आफूमाथि नै अदालत प्रशासनले गैरजिम्मेवारीपन देखाएको बताएकी छिन् । सोमबार फेसबुकमा एक स्टाटस लेख्दै उनले आफू निवेदक भएको र आदेश सुन्न अदालत कुरेर बसेको आफूमाथि अदालत प्रशासनले गैरजिम्मेवारीपन देखाएको गुनासो गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पौडेलले दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा ७ घण्टासम्म पनि अदालतका प्रवक्ताको कोठामा आदेश सुन्न बसेको तर अदालतले आदेश सुनाउनुपूर्व बाहिर चुहाएको भन्दै गुनासो व्यक्त गरेकी छिन् । ‘करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे। केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो। ‘एकैछिन है ..’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन। आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए।’, उनले लेखेकी छिन्, ‘‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए। त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन प्रवक्ता। बाहिर निस्किदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो। म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार। अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश ! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ।’

Ncell
Extreme Energy

उनले शुक्रबारको तनाब, अनिन्द्रा र रुवाई जिन्दगीकै अत्यन्तै कठिन दिन भएको बताएकी छिन् । त्यस्तै उनले अन्यायको शिकार भएर जिउँदो लास भएकी आफू श्रीमान (रवि)को अगाडि पुगेपछि मात्रै होस खुलेजस्तो भएको बताएकी छिन् । 

त्यस्तै उनले केही प्रमाण नभेटिँदा पनि श्रीमानविरुद्ध मुद्दा लगाइएको, थुनामा राखिएको र सोविरुद्ध आफूले दायर गरेको रिटमा अदालतले एक शब्द समेत नबोलेको गुनासो गरेकी छिन् । ‘केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौं ?’, उनले लेखेकी छिन् । 
पौडेलले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको बताएकी छिन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।