नेभिगेशन
समाज

सर्वोच्चको आदेश अपूर्ण र अन्यायपूर्ण रहेको रास्वपाको निष्कर्ष, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेसँग सम्बन्धित सर्वोच्च अदालतको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि उक्त आदेश विवेकको दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको टिप्पणी गरेको छ। पार्टीले एक विज्ञप्ती जारी गर्दै अदालतको आदेश विधिको शासन र मौलिक अधिकारप्रति आस्था राख्ने आम नागरिकका लागि चिन्ताको विषय बनेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनको सार्थक सुनुवाइ नहुनु, बेल सुनुवाइमा सीमित हुनुपर्ने विषयमा मुद्दाको गुणदोषमै प्रवेश गरी प्रमाण ऐन २०३१ को दफा २५ विपरीत प्रतिवादीलाई प्रमाणको भार बोक्न बाध्य पारिएको तथा पूर्ववर्ती नजिरहरुको अवमूल्यन गर्दै थुनामै राख्न आदेश दिइएकोप्रति आपत्ति जनाएको छ। ‘मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, बेल सुनुवाईमा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुनगई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकुल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको छ ।’, विज्ञप्तीमा भनिएको छ । 

Ncell
Extreme Energy

त्यस्तै पार्टीले “रवि लामिछानेले संगठित अपराध नगरेको बरु राज्यले नै उनीविरुद्ध संगठित अपराध गरिरहेको जनाएको छ । राज्यको प्रतिशोधविरुद्ध लड्न “प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान” सञ्चालन गर्ने निर्णय भएको र सो अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरा तोकिएको पार्टीले जनाएको छ । 

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग दोहोर्‍याएको छ। पार्टीले यस विषयमा संसदमा प्रभावकारी कदम चाल्न आफ्ना सांसदहरूलाई निर्देशन दिने निर्णय पनि गरेको जनाएको छ । ‘गृहमन्त्री र उनको सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भई पार्टीले यसअघि नै ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भन्ने दृष्टान्त अनुरुप “यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको” सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।’, पार्टीले भनेको छ । 

रास्वपाले पार्टी सहमहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य अनिल केशरी शाहले प्रशिक्षण विभाग प्रमुख पदबाट दिएको राजीनामा स्विकृत भएको जनाएको छ । पार्टीले तेश्रो स्थापना दिवसको अवसरमा देश–विदेशमा, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा तह र प्रवाससम्म विविध कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको जनाएको छ । 

rsp-+_-1748256685.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।