नेभिगेशन
समाज

नाम्खामा तीन हिमताल रहेकाे अनुसन्धान टोलीको निष्कर्ष

काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँको बाढी पहिराका कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलीले दुईवटा नभई तीनवटा हिमताल रहेको निष्कर्ष निकालेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेठ १ गते गएको बाढीपहिराका कारण पत्ता लगाउन खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन जिओेलोजिस्ट शिवकुमार बास्कोटा नेतृत्वको तीन सदस्यीय टोलीले पाँच हजार तीन सय ५० उचाइमा तीनवटा हिमताल भेटिएको निष्कर्ष निकालेको हो ।

Ncell
Extreme Energy

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी रहेका छन् ।

पहिरो आएलगत्तै त्यहाँका स्थानीय हिमताल फुटेको ठाउँमा जाँदा दुईवटा हिमताल फुटेको बताएका थिए तर आइतबार बिहान उक्त स्थानमा गएको टोलीले दुईवटा हिमताल नभई तीनवटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले बताए । 

यही जेठ १ गते राति एक्कासि बाढी आउँदा नाम्खा गाउँपालिका–६ तिल गाउँमा ठूलो क्षति पुगेको थियो । बाढीले  १८ घरपरिवार विस्थापित भएका थिए । हिमालमा रहेका दुईवटा हिमपोखरीबाट चुहिएको पानीले बाढीको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।