नेभिगेशन
समाज

लाखौँ जनता सडकमा आए यो नाथे गणतन्त्र एकैदिनमा समाप्त हुन्छः राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित युवासंग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० बर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकैदिनमा समाप्त हुने बताएका हुन् । भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उनले बताए । 

CG

‘यो नाथे गणतन्त्र २ दशक पुगेको छैन । शान्तिपूर्ण ढंगले नै हामी लाखौँ जनता सडकमा आयौँ भने एकैदिनमा समाप्त हुन्छ । हामीले एउटा ढुंगा हान्नु पर्दैन । त्यसकारण हामी लड्न आउँदैनौँ, व्यवस्था परिवर्तन गर्नका लागि हो र त्यो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुन्छ । र हामीले अहिंसात्मक आन्दोलनको बाटोबाटै परिवर्तन खोजेका छौँ ।’, लिङ्देनले भने । 

अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यहि अवस्था रहे बर्षौसम्म पनि अनुभूति हुनेगरिको परिवर्तन महशस गर्न नपाउने धारणा राखे । उनले देश बिग्रिए केपी ओली, शेर बहादुर देउवा वा प्रचण्डको केहि नबिग्रने तर युवाहरु भविष्य भने बिग्रने भएकाले युवाहरु नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...