नेभिगेशन
समाज

शैक्षिक क्षेत्रलाई सुधार गर्दै नेपाललाई शिक्षाको हब बनाउनुपर्छः शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शैक्षिक क्षेत्रलाई सुधार गर्दै नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस शिक्षा विभागले सोमबार काठमाडौँमा आयोजना गरेको शिक्षा नीति विषयक कार्यक्रममा सभापति देउवाले गुणस्तर सुधार गरी स्वदेशका साथै विदेशी विद्यार्थीका लागि समेत नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

नेपालमा नै राम्रो शिक्षा प्रदान गर्न सके नेपाली विद्यार्थीहरु अध्ययनका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए । सभापति देउवाले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक नीति निर्माण गर्न कांग्रेसले ध्यान दिने धारणा राखे । 

कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले नेपालका विश्वविद्यालयहरुलाई सुधार गर्दै शिक्षा क्षेत्र गुणस्तरीय बनाउन प्रयास गर्ने बताए । उनले विदेशमा रहेका विश्वविद्यालयहरुलाई नेपाल अध्यापन गराउनका लागि पहल गर्नुपर्नेमा जोड दिए । मन्त्री पन्तले युवापुस्ताहरुलाई स्वदेशमा नै रोक्न सक्नेगरिको शिक्षा दिनसक्नुपर्ने धारणा राखे । 

त्यस्तै कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी अघि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।