नेभिगेशन
समाज

शैक्षिक क्षेत्रलाई सुधार गर्दै नेपाललाई शिक्षाको हब बनाउनुपर्छः शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शैक्षिक क्षेत्रलाई सुधार गर्दै नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् । 

कांग्रेस शिक्षा विभागले सोमबार काठमाडौँमा आयोजना गरेको शिक्षा नीति विषयक कार्यक्रममा सभापति देउवाले गुणस्तर सुधार गरी स्वदेशका साथै विदेशी विद्यार्थीका लागि समेत नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका हुन् । 

CG

नेपालमा नै राम्रो शिक्षा प्रदान गर्न सके नेपाली विद्यार्थीहरु अध्ययनका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए । सभापति देउवाले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक नीति निर्माण गर्न कांग्रेसले ध्यान दिने धारणा राखे । 

कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले नेपालका विश्वविद्यालयहरुलाई सुधार गर्दै शिक्षा क्षेत्र गुणस्तरीय बनाउन प्रयास गर्ने बताए । उनले विदेशमा रहेका विश्वविद्यालयहरुलाई नेपाल अध्यापन गराउनका लागि पहल गर्नुपर्नेमा जोड दिए । मन्त्री पन्तले युवापुस्ताहरुलाई स्वदेशमा नै रोक्न सक्नेगरिको शिक्षा दिनसक्नुपर्ने धारणा राखे । 

त्यस्तै कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी अघि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...