नेभिगेशन
मुख्य समाचार

रास्वपाले संसदमा गृहमन्त्रीको राजीनामा माग्ने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा प्रश्न उठेपछि अनुसन्धानका लागि मार्गप्रसस्त गर्नुपर्ने भन्दै मंगलबार बस्ने संसद बैठकमा सशक्त प्रतिपक्षी रुपमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको रास्वपा कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनले सदनमा सांसदहरुले प्रश्न सोध्न नपाइ गृहमन्त्रीले जवाफ दिने अवस्था बनाइए स्वीकार्य नहुने स्पष्ट पारे । पहिला तथ्यका साथ आफुहरुले गृहमन्त्रीलाई प्रश्न गर्ने र त्यसपछि मात्रै जवाफ सुन्ने झाले बताए।

उनले कांग्रेस नेता समेत रहेका गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा क्लीन चीट दिने अधिकार कांग्रेस पदाधिकारीलाई नरहेको तर्क गरे । 

उनले भिजिट भिसा प्रकरणमा अनुसन्धानका लागि कांग्रेसले सहजीकरण गर्नुपर्ने बताए। यसअघि आफ्ना नेतामाथि प्रश्न उठ्दा कांग्रसले २२ पटक सदन अवरोध गरेको बिषय पनि सदनमार्फत स्मरण गराइने बताए। 
उनले अरु दल भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउने धारणा राखे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन...
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले  मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था...
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।