नेभिगेशन
मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । आज बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ । दुर्घटनामा बर्दघाट नगरपालिका–५ मध्यविन्दु–७ का २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ । टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन...
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले  मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था...
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।