नेभिगेशन
मुख्य समाचार

‘भिजिट भिसा’को सेटिङले गृहमन्त्रीलाई अप्ठ्यारो पर्ने संकेत, विपक्षी दलहरुले संसद घेर्ने

काठमाडौँ । ‘भिजिट भिसा’को नाममा सेटिङ गरेर मानव तस्करी हुने घटनामा गृह मन्त्रालय तथा गृह मन्त्रीकै सचिवालयलेको संरक्षण रहेको खुलेपछि राजनीति तरगिंत बनेको छ । दैनिक लाखौँ उठाउने र असुलीएको रकमको भाग गृह मन्त्रालयसम्म पुग्ने सूचनाहरु बाहिरिएपछि गृह मन्त्री रमेश लेखक दबाबमा परेका छन् । 


विपक्षी दलहरुले उनले राजीनामा दिनु पर्ने अडान राखेका छन् भने सत्तारुढ नेपाली कांग्रेस र एमालेले कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजिनामा दिनु पर्ने कुरा जायज नभएको भन्दै अस्विकार गर्दै आएका छन् । नेपाली कांग्रेस र नेकपा एमाले पार्टीको आन्तरिक बैठकबाट पनि गृह मन्त्री लेखकले राजिनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् ।

तर नेपाली कांग्रेस भित्र भने डा शेखर कोइराला, डा सुनिल शर्मा, राजेन्द्र बजगाईँ लगायतका नेताहरुले गृहमन्त्रीले नैतिकता देखाउनका लागि पनि राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्नु पर्ने बताउँदै आएका छन् । तर नेपाली कांग्रेसले भने उनीहरुलाई नै स्पष्टीकरण सोध्ने तयारी गरेको छ । 
यता प्रतिपक्ष दलहरुले भने गृह मन्त्रीको राजिनामा बटमलाइन बनाएका छन् । बजेटको मुखमा आज बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संसदमा गृह मन्त्रीले राजिनामा नदिएसम्म संसद चल्न नदिने संकेत गरेका छन् । 

गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नको जवाफ दिन आज समय लिएको बताएपनि प्रतिपक्ष दलहरुले भने पहिले आफ्ना प्रश्न सुनेर मात्रै जवाफ दिनु पर्ने माग गर्दै आएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ निर्णय गरेको बताए ।उनका अनुसार गृहमन्त्री लेखकले पावरका दुरुपयोग नगरुन र स्वतन्त्र, निष्पक्ष छानबिनका होस् भन्नकालागि पनि उनले तुरुन्त राजीनामा दिन पर्ने बताए । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले  ‘गृहमन्त्री र उनको सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भईसकेकोले गृहमन्त्रीले तत्काल पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउनु पर्ने माग गरेका छन् । 
रास्वपाले यसअघिनै आज बस्ने संसदको बैठक सामान्य नहुने भन्दै अवरोधको संकेत गरिसकेको छ । सोमबार बसेको संसदीय दलको बैठकले पनि लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ ।

राप्रपाले गृहमन्त्री तथा प्रधानमन्त्री दुबैको राजिनामाको विषय संसदमा उठाउने बताएको छ । 


उसो त गृहमन्त्री रमेश लेखकले यसअघि आफूँ प्रतिपक्षमा हुँदा सरकारका मन्त्रीहरु माथि प्रश्न उठेपछि नैतिकताको आधारमा पनि पदमा बस्न नमिल्ने र छानिबनमा प्रभाव पर्ने भन्दै राजिनामा दिनु पर्ने बताउँदै आएका थिए । 
तर  अहिले गृहमन्त्रीकारुपमा आफू माथि प्रश्ने उठेपछि भने कर्मचारीलाई दोष लगाएर बच्न बाटो खोजेका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन...
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले  मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था...
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।