नेभिगेशन
समाज

‘भिजिट भिसा’को सेटिङले गृहमन्त्रीलाई अप्ठ्यारो पर्ने संकेत, विपक्षी दलहरुले संसद घेर्ने

काठमाडौँ । ‘भिजिट भिसा’को नाममा सेटिङ गरेर मानव तस्करी हुने घटनामा गृह मन्त्रालय तथा गृह मन्त्रीकै सचिवालयलेको संरक्षण रहेको खुलेपछि राजनीति तरगिंत बनेको छ । दैनिक लाखौँ उठाउने र असुलीएको रकमको भाग गृह मन्त्रालयसम्म पुग्ने सूचनाहरु बाहिरिएपछि गृह मन्त्री रमेश लेखक दबाबमा परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


विपक्षी दलहरुले उनले राजीनामा दिनु पर्ने अडान राखेका छन् भने सत्तारुढ नेपाली कांग्रेस र एमालेले कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजिनामा दिनु पर्ने कुरा जायज नभएको भन्दै अस्विकार गर्दै आएका छन् । नेपाली कांग्रेस र नेकपा एमाले पार्टीको आन्तरिक बैठकबाट पनि गृह मन्त्री लेखकले राजिनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् ।

Ncell
Extreme Energy

तर नेपाली कांग्रेस भित्र भने डा शेखर कोइराला, डा सुनिल शर्मा, राजेन्द्र बजगाईँ लगायतका नेताहरुले गृहमन्त्रीले नैतिकता देखाउनका लागि पनि राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्नु पर्ने बताउँदै आएका छन् । तर नेपाली कांग्रेसले भने उनीहरुलाई नै स्पष्टीकरण सोध्ने तयारी गरेको छ । 
यता प्रतिपक्ष दलहरुले भने गृह मन्त्रीको राजिनामा बटमलाइन बनाएका छन् । बजेटको मुखमा आज बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संसदमा गृह मन्त्रीले राजिनामा नदिएसम्म संसद चल्न नदिने संकेत गरेका छन् । 

गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नको जवाफ दिन आज समय लिएको बताएपनि प्रतिपक्ष दलहरुले भने पहिले आफ्ना प्रश्न सुनेर मात्रै जवाफ दिनु पर्ने माग गर्दै आएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ निर्णय गरेको बताए ।उनका अनुसार गृहमन्त्री लेखकले पावरका दुरुपयोग नगरुन र स्वतन्त्र, निष्पक्ष छानबिनका होस् भन्नकालागि पनि उनले तुरुन्त राजीनामा दिन पर्ने बताए । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले  ‘गृहमन्त्री र उनको सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भईसकेकोले गृहमन्त्रीले तत्काल पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउनु पर्ने माग गरेका छन् । 
रास्वपाले यसअघिनै आज बस्ने संसदको बैठक सामान्य नहुने भन्दै अवरोधको संकेत गरिसकेको छ । सोमबार बसेको संसदीय दलको बैठकले पनि लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ ।

राप्रपाले गृहमन्त्री तथा प्रधानमन्त्री दुबैको राजिनामाको विषय संसदमा उठाउने बताएको छ । 


उसो त गृहमन्त्री रमेश लेखकले यसअघि आफूँ प्रतिपक्षमा हुँदा सरकारका मन्त्रीहरु माथि प्रश्न उठेपछि नैतिकताको आधारमा पनि पदमा बस्न नमिल्ने र छानिबनमा प्रभाव पर्ने भन्दै राजिनामा दिनु पर्ने बताउँदै आएका थिए । 
तर  अहिले गृहमन्त्रीकारुपमा आफू माथि प्रश्ने उठेपछि भने कर्मचारीलाई दोष लगाएर बच्न बाटो खोजेका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।