नेभिगेशन
समाज

गृहमन्त्रीमाथि उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसद चल्न सक्दैनः रास्वपा

कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमाथि छानविन गर्न उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने घोषणा गरेका हुन् । 
 उनले भिजिट भिसाका नाममा विमानस्थलमा सङ्गठित रूपमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानविन आयोग नबनेसम्म सदन चल्न नदिने घोषणा गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


“त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा निर्दोष युवालाई लुटेर करोडौँको अबैध असुलीको र्‍याकेट चलिरहेको छ”, सांसद खनालले भने, “गृहमन्त्रीले पठाउनुभएको सहसचिव विवादित पृष्ठभूमिको हुनुहुँदोरहेछ । तर किन उहाँलाई अध्यागमनमा पठाइयो । गृहमन्त्रीको पनि स्वार्थ जोडिएको छ ।”

Ncell
Extreme Energy

उनले थपे, ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न उसलाई सरुवा गर्ने ? अनुसन्धान कर्मचारीमात्रै नभई गृहमन्त्रीको पनि गर्नुपर्छ । तर, प्रहरीबाट हुने अनुसन्धानमा हामीलाई शंका छ । विगतमा नक्कली भुटानी शरणार्थी प्रकरण दबाइएको छ । सहकारीको मुद्दामा रवि लामिछानेलाई तीन महिनामा हिरासतमा राखियो तर सत्ता पक्षका सांसदहरूलाई बोलाएर चिया खुवाएर पठाएको छ। अनि हामीले कसरी विश्वास गर्ने निष्पक्ष हुन्छ भनेर ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।