नेभिगेशन
मुख्य समाचार

प्रतिनिधिसभाको बैठक बुधबार बस्नेगरी स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने भएको छ । आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले बुधबारका लागि सारिएको सूचनामार्फत सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । 

आजको बैठक सुरू भएलगतै प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । प्रतिपक्ष दलहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले बैठक अवरोध गरेका हुन् ।

CG

विपक्ष दलका सांसदहरूले भिजिट भिसा प्रकरणका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन अवरोध गरेका थिए । त्यसपछि दुईपटक सूचना जारी गरी बैठक सारिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनका सल्लाहकार कुमार बेनको घरमा करिब ३ घण्टा वार्ता सकेर लामिछाने निस्किएका हुन् । वार्ता सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने ‘मेरो अनुहारले के भन्छ ?’
संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने , “स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको...
रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

एक भिडियो पोस्ट गर्दै गुरुङले भनेका छन्,‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’...
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।