नेभिगेशन
समाज

‘कृष्ण सेन ‘इच्छुक’ को सपना साकार पार्न जनपक्षीय पत्रकारिता

उदयपुर । पत्रकार तथा लेखक कृष्ण सेन ‘इच्छुक’ को सपना सकार पार्न अब जनपक्षीय पत्रकारितालाई जोड दिनुपर्ने बताइएको छ । प्रेस सेन्टर उदयपुरले नेपाल पत्रकार महासंघ उदयपुरको शाखा कार्यालयको सभाहलमा २३ औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा ‘गणतन्त्र र जनपक्षीय पत्रकारिता सम्बन्धी अन्तर सम्वाद कार्यक्रम’ यस्तो बताइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा बोल्दै जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष विश्वराज तामाङले पत्रकारिताको क्षेत्रमा जटिलता बढेको भन्दै गणतन्त्र र संघीयताको पक्षमा कलम चलाउने कृष्ण सेन ‘इच्छुक’ सम्झेर जनताको पक्षमा पत्रकारितालाई जोड दिनु पर्ने बताए । 

Ncell
Extreme Energy

यस्तै प्रेस सेन्टर केन्द्रिय सदस्य भोटराज राईले अहिलेको अवस्थामा देशमा गणतन्त्र र संघीयता विरोधीहरु बढेकाले अबको पत्रकारिता गणतन्त्र र संघीयताको पक्षमा हुनुपर्ने भन्दै भने, ‘‘कृष्ण सेनको बाटो भुल्नु हुँदैन ।’ 

नेपाली जनताले लामो संर्घष गरेर ल्याएको गणतन्त्र र संघीयता देशका गणतन्त्रवादी नेताहरुको कारण खतरामा परेको भन्दै त्यसको विपक्षमा हुनुपर्ने बताए । उनले भने, ‘गणतन्त्र र संघीयता जोगाउनु पर्ने वेला आएको छ । हाम्रो कलम अब गलत गर्ने नेताको विरुद्ध पनि चल्नुपर्छ । इच्छुकको सपनामा केन्द्रीत हुनुपर्ने समाजवादी प्रेस संगठन कोशी प्रदेश सहसचिव सुखिलाल चौधरीले बताए।

यसैगरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुलसीप्रसाद कोइरालाले स्वर्गीय कृष्ण सेन इच्छुकलाई सम्झना गर्दै भने, ‘गणतन्त्र ल्याउन ठूलो योगदान गर्ने साहित्यकार तथा तथा पत्रकार इच्छुकको सपना भुल्नु हुँदैन ।’
यता प्रेस सेन्टरकै पुर्व केन्द्रीय सदस्य कार्यक्रमका विशेष अतिथि हरिकुमार राईले जनपक्षीय पत्रकारिताको लागि कृष्ण सेन प्रेरणाको स्रोत भएको भन्दै गणतन्त्र ल्याउन लेख्ने पत्रकार कृष्ण सेन राज्यबाट मारिनु दुखद भएको बताए । उनले भने, ‘गणतन्त्र संकटमा छ । त्यसको पक्षमा हाम्रो समाचारहरु केन्द्रित हुनुपर्छ ।’

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै नेपाल पत्रकार महासंघ उदयपुरका शाखाका अध्यक्ष भक्तिविलास पोखरेलले व्यवसायिक पत्रकारहरु अब एक हुँदै सशक्त हुनुपर्ने वेला आएको बताए । उनले भने, ‘साहित्यकार कृष्ण सेन इच्छुक परिवर्तनकै पक्षमा कलम चलाउँदा राज्यबाटै हत्या भयो । आज हामी यसरी स्मृति दिवस मनाइरहेका छौँ । अहिलेसम्म मृत्यु भएको राज्यले यकिन गर्न सकेको छैन । राज्य पत्रकारको पक्षमा निर्मम हुन्छ । हामी एक हुनुपर्छ । पत्रकारले पनि आचर संहिताको पालाना गर्नुपर्छ। ’

प्रमुख अतिथिका रुपमा बोल्दै बरिष्ठ पत्रकार कौशल चेमजोङले गणतन्त्र विरोधीहरु प्रतिगामी शक्तिको रुपमा सलबलाएको बताए । उनले भने, ‘गणतन्त्र र संघीयताको पक्षमा प्रगशिल रुपमा हाम्रा कलमहरु चल्नुपर्छ । हिजो स्वर्गिय कृष्ण सेन ‘इच्छुक’ शैलीमा जसरी थियो । आज पनि त्यसैगरी चल्नुपर्ने वेला आएको छ ।’

प्रेस सेन्टर उदयपुरका अध्यक्ष अभिमन्यू लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुका पेशागत विभिन्न संगठनका नेतृत्वकर्ता र श्रमजीवि पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष लामिछानेले भने, ‘अबका दिनमा झनै पत्रकारहरुले सेनको बाटो पछ्याउने वेला आएको छ । पछिल्लो समय पत्रकार माथी राज्यले समाचार लेखेको आधारमै हिरासतमा लिने गरेको भन्दै महासंघ जिम्मेवार बन्नु पर्ने लामीछानेले बताए।

आज जेठ १३ गते २०५९ सालमा तत्कालिन राज्यबाट विद्रोही नेकपा माओवादीको आरोपमा पक्राउ गरी हत्या गरिएका पत्रकार कृष्ण सेन इच्छुकको सम्झना प्रेस सेन्टर नेपालले देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । 

जनदिशा  दैनिकका प्रधान सम्पादक सेनलाई तत्कालिन राज्यले २०५९ जेठ ६ गते पक्राउ गरी हिरासतमै चरम यातना दिएर जेठ १३ गते हत्या गरेका थिए ।
सेन हत्याको आज २३ वर्ष पुगेको छ । निष्ठा र आदर्शको लागि तथा पत्रकारिता क्षेत्रमा सेन आज पनि जनवादी पत्रकारको रुपमा दर्ज भएका छन् ।

सेनको शवलाई बेपत्ता पारेको थियो । त्यसवेला हालका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । त्यस वेलाका तत्कालिन सरकारका गृह प्रवक्ताले सेनाको हुलिया दिएर गोकर्णको जंगलमा दोहोरो भीडन्तमा सेन मारिएको झुटो वज्ञिप्ती निकालेको थियो । 

कृष्ण सेन इच्छुकको बलिदानपछि उनले छाडेका विचार, रचना र योगदानहरू अझ सशक्त भएर जनतामा फैलिएका छन् । प्रत्येक वर्ष जेठ १३ गते उनलाई स्मरण गर्दै ‘इच्छुक स्मृति दिवस’ मनाइन्छ । उनका नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । उनका कविता, लेख, सम्पादकीयहरू आज पनि पढिन्छन् । इच्छुकको जीवनले सन्देश दिन्छ– क्रान्ति केवल बन्दुकले होइन, विचार र कलमबाट पनि सम्भव छ । उनि भन्थे, ‘म मर्न चाहन्नँ, तर मरे पनि मेरो आत्मा– आन्दोलनका पङ्क्तिहरूमा बाँचिरहनेछ ।’ आज पनि बाँचिरहेन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ

दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोको टोलीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय काटेर छुटेका एक व्यक्ति पुनः लागुऔषध कारोबारमा सङ्लग्न रहेको अवस्थामा पक्राउ गरी आज सार्वजनिक गरेको हो...
मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिखसम्म  देशभर औसत १४९ मिलीमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा (२१४ मिलीमिटर) को ६९.६ प्रतिशत...
काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

खोप प्रदान गर्दै उनले भनिन्, “अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ ।”
निशा डाँगी चुनिइन् रास्वपा सहमहामन्त्री

निशा डाँगी चुनिइन् रास्वपा सहमहामन्त्री

ष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भएकी छन् ।