नेभिगेशन
समाज

बालुवाटरबाट ओली देउवाको निष्कर्षः गृहमन्त्रीले राजिनामा दिन्नन, संसदमा पेलेर जानु पर्छ

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालुवाटरमा विवादमा तानिएको गृहमन्त्री रमेश लेखक तथा दुबै पार्टीका शिर्ष नेताहरु सहित भएको छलफलमा गृह मन्त्रीले संसदमा जवाफ दिने, राजिनामा दिनु नपर्ने निष्कर्षसहित सकिएको जनाईएको छ । 
बैठकका विषयमा प्रतिक्रिया दिदैँ नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नू राम्रो नभएको भन्दै गृह मन्त्रीलाई प्रस्ट पार्न दिने मौका दिन प्रतिपक्षहरुलाई आग्रह गर्ने बताए । 

Ncell
Extreme Energy

उनले भने, ‘भोलि बजेट ल्याउनुपर्नेछ। एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नु राम्रो होइन। प्रतिपक्षीले त्यो कुरा बुझ्नुपर्छ भन्ने हाम्रो आग्रह हो।’

बर्तौलाले बालुवाटर छफलफलपछि सत्तापक्षले आज सदनमा पेलेरै जाने संकेत गरेका छन् । हिजो प्रतिपक्षकै माग अनुसार संसद स्थगित भएको भन्दै आज भने सदन चल्न दिनु पर्ने बताए ।

उनले भने‘हिजो प्रतिपक्षको माग अनुसारनै संसद स्थगित भयो तर, आज हामी अगाडि बढ्ने कुरामा उहाँहरुले सहयोग गर्नुपर्छ। आर्थिक सर्वेक्षण आज पेस गर्नैपर्ने हुन्छ। भोलि बजेट ल्याउनुपर्नेछ। गृहमन्त्रीज्यूले बोल्छु भन्नुभएको छ, उहाँलाई बोल्ने वातावरण बनाउन प्रतिपक्षीले सहयोग गर्नुपर्छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै