नेभिगेशन
मुख्य समाचार

बालुवाटरबाट ओली देउवाको निष्कर्षः गृहमन्त्रीले राजिनामा दिन्नन, संसदमा पेलेर जानु पर्छ

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् । 

बालुवाटरमा विवादमा तानिएको गृहमन्त्री रमेश लेखक तथा दुबै पार्टीका शिर्ष नेताहरु सहित भएको छलफलमा गृह मन्त्रीले संसदमा जवाफ दिने, राजिनामा दिनु नपर्ने निष्कर्षसहित सकिएको जनाईएको छ । 
बैठकका विषयमा प्रतिक्रिया दिदैँ नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नू राम्रो नभएको भन्दै गृह मन्त्रीलाई प्रस्ट पार्न दिने मौका दिन प्रतिपक्षहरुलाई आग्रह गर्ने बताए । 

CG

उनले भने, ‘भोलि बजेट ल्याउनुपर्नेछ। एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नु राम्रो होइन। प्रतिपक्षीले त्यो कुरा बुझ्नुपर्छ भन्ने हाम्रो आग्रह हो।’

बर्तौलाले बालुवाटर छफलफलपछि सत्तापक्षले आज सदनमा पेलेरै जाने संकेत गरेका छन् । हिजो प्रतिपक्षकै माग अनुसार संसद स्थगित भएको भन्दै आज भने सदन चल्न दिनु पर्ने बताए ।

उनले भने‘हिजो प्रतिपक्षको माग अनुसारनै संसद स्थगित भयो तर, आज हामी अगाडि बढ्ने कुरामा उहाँहरुले सहयोग गर्नुपर्छ। आर्थिक सर्वेक्षण आज पेस गर्नैपर्ने हुन्छ। भोलि बजेट ल्याउनुपर्नेछ। गृहमन्त्रीज्यूले बोल्छु भन्नुभएको छ, उहाँलाई बोल्ने वातावरण बनाउन प्रतिपक्षीले सहयोग गर्नुपर्छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाईले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । एकाइले पत्ता लगाएका कूल...
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको...
बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका सिसीटिभी क्यामेरा फुटाएका छन् भने फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन चोरेर लगेका छन् ।

भर्खरै