नेभिगेशन
समाज

सत्तारुढ नेतालाई बोल्न दिन सभामुखले प्रतिपक्षसँग बार्गेनिङ गरेः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद गणेश पराजुलीले सभामुखले सदनमा बार्गेनिङ गरेको आरोप लगाएका छन् । सभामुखले सत्तापक्षलाई बोल्न दिनको लागि दलिय आधारमा बोल्न दिने भन्दै विपक्षी दलसँग बार्गेनिङ गरेको आरोप लगाएका हुन् । दलिय आधारमा बोल्न दिने भनेको सदनमा भएका सत्तापक्ष तथा विपक्ष सबै दलका केहि नेताहरुलाई समय छुट्याएर बोल्न दिने हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


बुधबार पनि भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले सुरुमै बैठक अवरोध गरेपछि सभामुखले  दलीय आधारमा बोल्न तयार भए मात्रै बोल्न समय दिने नभए नदिने बताएका थिए। तर प्रतिपक्ष दलहरुले नमानेपछि सभामुखले ३० मिनेका लागि संसद बैठक स्थगित गरेको थिए । 

Ncell
Extreme Energy


बैठक स्थगीत भएपछि बाहिर निस्किएका सांसद पराजुलीले भने , ‘सार्वभौम सदनमा जनताको आवाज लिएर उपस्थित भएको प्रतिपक्षलाई बोल्न समय उपलब्ध गराइएन। सत्तापक्षलाई बोल्न दिने भए दिने नत्र नदिने भनेर सभामुखले पनि बार्गेनिङ गर्नुभयो। त्यसले लज्जाबोध भएको छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै