नेभिगेशन
मुख्य समाचार

सत्तारुढ नेतालाई बोल्न दिन सभामुखले प्रतिपक्षसँग बार्गेनिङ गरेः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद गणेश पराजुलीले सभामुखले सदनमा बार्गेनिङ गरेको आरोप लगाएका छन् । सभामुखले सत्तापक्षलाई बोल्न दिनको लागि दलिय आधारमा बोल्न दिने भन्दै विपक्षी दलसँग बार्गेनिङ गरेको आरोप लगाएका हुन् । दलिय आधारमा बोल्न दिने भनेको सदनमा भएका सत्तापक्ष तथा विपक्ष सबै दलका केहि नेताहरुलाई समय छुट्याएर बोल्न दिने हो । 


बुधबार पनि भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले सुरुमै बैठक अवरोध गरेपछि सभामुखले  दलीय आधारमा बोल्न तयार भए मात्रै बोल्न समय दिने नभए नदिने बताएका थिए। तर प्रतिपक्ष दलहरुले नमानेपछि सभामुखले ३० मिनेका लागि संसद बैठक स्थगित गरेको थिए । 

CG


बैठक स्थगीत भएपछि बाहिर निस्किएका सांसद पराजुलीले भने , ‘सार्वभौम सदनमा जनताको आवाज लिएर उपस्थित भएको प्रतिपक्षलाई बोल्न समय उपलब्ध गराइएन। सत्तापक्षलाई बोल्न दिने भए दिने नत्र नदिने भनेर सभामुखले पनि बार्गेनिङ गर्नुभयो। त्यसले लज्जाबोध भएको छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...
कुलमानले गरे उज्यालो घरको उद्घाटन, भने नयाँहरु एक भएर जान्छौँ

कुलमानले गरे उज्यालो घरको उद्घाटन, भने नयाँहरु एक भएर जान्छौँ

उक्त पार्टीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा उज्यालो घर, नामाकरण गर्दै केन्द्रीय कार्यालय खोलेको हो । उज्यालो घरको उद्घाटन गर्दै घिसिङले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन नयाँ शक्तिहरुको...