नेभिगेशन
समाज

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ः३० बजे बस्नेगरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयले सूचनामार्फत प्रतिनिधिसभाको बैठक बिहिबार दिनको १ः३० बजे बस्ने गरी तय भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान ११ः०० बजेका लागि तय भएको बैठक दुई घण्टा ढिला गरी १ः०० बजे सुरू भएको थियो । ‘भिजिट भिषा’ का विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

Ncell
Extreme Energy

निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरी आजै पुनः ३ः३० बजे बस्ने जानकारी गराएको थियो । सभामुख देवराज घिमिरेले सहमतिका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि बैठक बिहीबारका लागि तय भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।
गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्।
प्रसिद्ध भारतीय अभिनेता नाना पाटेकरको निधन

प्रसिद्ध भारतीय अभिनेता नाना पाटेकरको निधन

भारतीय चलचित्र उद्योगका चर्चित तथा बहुप्रतिभाशाली अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। प्राप्त मिडिया रिपोर्टहरूका अनुसार उनले गोवामा अन्तिम सास फेरेका हुन्।

भर्खरै