नेभिगेशन
मुख्य समाचार

‘भिजिट भिसामा मेरो संलग्नता छैन, मेरा विरुद्ध नियोजित षड्यन्त्र गरियो’ : गृहमन्त्री लेखक

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । उनले अहिले आफ्ना बारेमा लागेका आक्षेपहरु नियोजित भएको समेत बताएका छन् । 

उनले यस विषयमा संसदबाट जवाफ दिने बताएका थिए । तर विपक्षी दलहरुले उनको राजीनामा माग गर्दै निरन्तर संसद अवरुद्ध गर्लै आएका छन् । 

संसदमा बोल्न नपाएपछि उनले नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरेका हुन् । सो क्रममा उनले भने, ‘भिजिट भिसा सम्बन्धमा मेराबारेमा आएका समाचार धराणाहरु असत्य र बेठिक कुरा हुन् । यसमा मेरो कुनै संलग्नता छैन । मेरो विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमुलक ढंगले अक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ ।’ 

मिति २०८३ जेठ ८ गते त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सहसचिव तिर्थराज भट्टराईलाई सोधपुछको लागि अख्तियारले बोलाएको थियो । उनीसँग रहेका कागजात, डायरी तथा डिभाइसहरु नियन्त्रणमा लिएको थियो । सोही विषयमा गृहमन्त्री विवादमा तानिएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यस्ता छन् मेलम्ची खानेपानी आयोजनामा गरिएको अवरोध खुलाउन भएको सहमति

यस्ता छन् मेलम्ची खानेपानी आयोजनामा गरिएको अवरोध खुलाउन भएको सहमति

सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ...
मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी

मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पदमार्ग सर्वेक्षण सुरु गरिएको छ ।
यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

गत वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष...
देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभरको मौसम सफा रहने पूर्वानुमान

हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम...