नेभिगेशन
मुख्य समाचार

कारागारबाट छुटे अफताब आलम

काठमाडौँ । कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन्  । अदालतले सफाइको पत्र पठाएपछि उनी ललितपुरस्थित नख्खु कारागारबाट छुटेका हुन् । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिएको हो । 

पूर्वसांसद आलममाथि २०६५ सालमा भएको राजपुर बम विस्फोटपछि घाइतेहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेको थियो। घटनाका प्रत्यक्षदर्शीहरुले उक्त समय आफूलाई बचाइदिन गुहारेका घाइतेहरुलाई आगोमा हालेर हत्या गरिएको दाबी गरेका थिए। उनीहरूका अनुसार, घटनालाई सार्वजनिक हुन नदिन अफताब आलमले आफ्ना सहयोगीसँग मिलेर नजिकैको इँटाभट्टामा आगोमा हालेर हत्या गरेका थिए।

त्यसक्रममा मृत्यु भएका भनिएका व्यक्तिहरुको बारेमा तत्कालीन प्रहरीले विस्फोट नभएको भन्दै मुचुल्का तयार पारेका थिए भने सरकारी वकिल कार्यालयले पनि मुद्दा नचलाउने सुझाव दिएका थिए। तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले समेत मृत्यु पुष्टि हुन नसकेको भन्दै २०६५ सालमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

सर्वोच्चको आदेशपछि २०७६ असोज १९ गते पक्राउ परेका आलमलाई रौतहट जिल्ला अदालतले २०७६ कात्तिक २९ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो । २०८१ वैशाख १३ गते रौतहट अदालतले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।

Aftaab-Aalam-riha-1748446940.jpg

Aftaab-Aalam-riha-1-1748446940.jpg

Aftaab-Aalam-riha-3-1748446939.jpg

Aftaab-Aalam-riha-2-1748446939.jpg

Aftaab-Aalam-1748446521.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

पिपलचौरीबाट लालपत्ता तर्फ आउँदै गरेको स.१त ५४३५ नम्बरको थ्रेसर जडित ट्याक्टरबाट खस्दा त्रियुगा ५ का ५८ वर्षीय दमशेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

आइतबार केही समय सर्भरमा समस्या आउँदा केही भीड देखिए पनि नामावली दर्ता गर्न भने त्यति धेरै समय नलाग्ने र झन्झट नरहेको सहभागीहरुले बताएका छन् ।
संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत...
लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।

भर्खरै