नेभिगेशन
समाज

आजको मौसमः देशभर पानी पर्ने सम्भावना, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Ncell
Extreme Energy

त्यसैगरी, आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ ।
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
बाढीले थुपारेको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड लाग्ने

बाढीले थुपारेको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड लाग्ने

भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व मनाउँदैछन् । यस दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ ।