नेभिगेशन
समाज

गणतन्त्रका जननीबीच एकता र गणतान्त्रिक शक्तिको सहकार्य अपरिहार्यः अध्यक्ष दाहाल

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएका छन् । 
 
गणतन्त्र दिवस–२०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्य रहेको बताए ।
 
पूर्वप्रधानमन्त्री दाहालले गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यभार पूरा गर्नेतर्फ दलहरूको ध्यान जानुपर्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“माओवादीको सचेत पहल र आमउत्पीडित जनसमुदायको सहभागितामा सञ्चालित जनयुद्धको जग तथा अन्य गणतान्त्रिक शक्तिको समेत सहकार्यमा भएको ऐतिहासिक जनआन्दोलनको बलबाट गणतन्त्र स्थापना भएको हो,” उनले भने, “गणतन्त्रवादी यथास्थिति र प्रतिगामी हर्कतका विरुद्ध सङ्घर्ष गर्दै गणतन्त्र र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।”
 
अध्यक्ष दाहालले गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिबीचको बलियो एकता र सहकार्यका साथ जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन गणतन्त्र दिवसले प्रेरित गरोस् भनी कामना गरेका छन् । उनले गणतन्त्र प्राप्तिका लागि भएको जनयुद्ध र विभिन्न जनआन्दोलनमा प्राण उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली तथा बेपत्ता, घाइते योद्धाको त्याग र समर्पणप्रति सम्मान प्रकट गरेका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी पहिरोले ५५ ठाउँमा अवरुद्ध बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो, गाडी चल्न अझै एक/दुई दिन लाग्ने

बाढी पहिरोले ५५ ठाउँमा अवरुद्ध बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो, गाडी चल्न अझै एक/दुई दिन लाग्ने

पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ...
दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।

भर्खरै