नेभिगेशन
मुख्य समाचार

कृषिमा ५७ अर्व ४८ करोड बजेट बिनियोजन

काठमाडौँ । सरकारले चालू आर्थिक बर्षका लागि कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका लागि रु ५७ अर्व ४८ करोड बिनियोजन गरेको छ । 

बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको आधुनिकिकरण गर्दै उत्पादन बढाउने लक्ष्यका साथ कृषि मन्त्रालयका लागि रु रु ५७ अर्व ४८ करोड बिनियोजन गरिएको जानकारी दिए ।

CG

उनले दुई बर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । 

चैते धान खेतीका लागि पूर्वाधार निर्माण गर्न रु ३३ करोड विनियोजन गरेको उनले बताए । पौडेलले प्रमुख खाधान्नको उत्पादनमा आत्मनिर्भर हुने गरि कार्यक्रम अघि बढाउने धारणा राखे । 

कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत मल बिउ र प्रविधिमा अनुदान र सहुलियतका लागि रु ३ अर्व ५० करोड बिनियोजन गरिएको उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा बुधबार विहान उनीहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले...
राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन,...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ...
राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक...