नेभिगेशन
मुख्य समाचार

समानीकरण अनुदानतर्फ एक खर्ब ४८ अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि समानीकरण अनुदानतर्फ एक खर्ब ४८ अर्ब रुपैयाँ बजेट छुट्टाएको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले वित्तीय समानीकरणतर्फ प्रदेशलाई ६० अर्ब ६६ करोड र स्थानीय तहलाई ८८ अर्ब ९७ करोड हस्तान्तरण गर्ने बताए । त्यस्तै उनले  सशर्त अनुदातर्फ प्रदेश सरकारका लागि ३० अर्ब ३५ करोड र स्थानीय सरकारका लागि २ खर्ब ११ अर्ब ४६ करोड बजेट वियोजन जानकारी  दिए । 

CG

त्यस्तै प्रदेश र स्थानीय तहलाई पूर्वाधार आयोजना कार्यक्रमका लागि समपुरक अनुदान क्रमश ३ अर्ब २८ करोड र १० अर्ब ६ करोड विनियोजन गरिएको उनले बताए । त्यस्तै उनले विशेष अनुदानतर्फ प्रदेश सरकारका लागि ३ अर्ब २७ करोड र स्थानीय तहका लागि ९ अर्ब ७८ करोड विनियोजन गरेको धारणा राखे । 

त्यस्तै प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाडबाट रु १ खर्ब ६५ अर्व हस्तान्तरण हुने अनुमान रहेको उनले बताए  । त्यस्तै चालु आर्थिक वर्ष २०८१÷८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान मन्त्रालयले गरेको छ । चालू आर्थिक बर्षमा राजस्व परिचालन १७ दशमल १ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको पौडेलले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा बुधबार विहान उनीहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले...
राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन,...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ...
राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक...