नेभिगेशन
समाज

गृहमन्त्रीलाई मनिष झाको प्रश्नः ‘२०७९ मा आएको पार्टीले २०७८ को सिडियो सरुवा कसरी गर्यो ?’

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकले आफ्ना सभापतिबारे सफेद झुट बोलेको बताएको छ । बिहीबार बजेट भाषणपछि संसद भवनमा प्रतिक्रिया दिदै गृहमन्त्रीको भनाईबारे आफ्नो पार्टीको ध्यानकर्षण भएको बताएका हुन् । गृहमन्त्रीले सहसचिव तिर्थराज भट्टराईलाई २०७८ मा आफ्ना पार्टीका सभापतिले सरुवा गरेको भन्ने कुरा झुट भएको बताएका छन् । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ असार ७ गते बल्ल दर्ता भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हिजोको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो कि तिर्थ भट्टराई जी लाई २०७८ सालमा मोरङको सिडियो सरुवा गरियो जुन तत्कालिन गृहमन्त्री रवि लामिछाने ज्यूले गर्नुभयो भनेर । यो कति झुटो हेर्नुस् त, हाम्रो पार्टी नै दर्ता भयो २०७९ साल असार ७ गते अनी ७८ को सिडियो चाहीँ कसरी सुरुवा हुन्छ हामीबाट ?’ झा ले प्रश्न गरे । 

Ncell
Extreme Energy

त्यस्तै उनले त्यस समयमा रवि लामिछानेविरुद्ध कुनै उजुरी नभएको समेत स्पष्ट पारे । 

उनले राजनीतिक सुझबुझ देखाउँदै बजेट प्रस्तुत गर्न दिएपनि आगामी दिनमा सहज रुपमा संसद चल्न नदिने बताए । उनले भिजिट भिसा प्रकरणमा आफूहरुको तीनओटा माग रहेको बताउँदै त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताए । र भिजिट भिसामा गृहमन्त्रीको संलग्नताबारे यथेस्ट प्रमाणहरु आफूहरुले संकलन गरेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...