नेभिगेशन
मुख्य समाचार

गृहमन्त्रीलाई मनिष झाको प्रश्नः ‘२०७९ मा आएको पार्टीले २०७८ को सिडियो सरुवा कसरी गर्यो ?’

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकले आफ्ना सभापतिबारे सफेद झुट बोलेको बताएको छ । बिहीबार बजेट भाषणपछि संसद भवनमा प्रतिक्रिया दिदै गृहमन्त्रीको भनाईबारे आफ्नो पार्टीको ध्यानकर्षण भएको बताएका हुन् । गृहमन्त्रीले सहसचिव तिर्थराज भट्टराईलाई २०७८ मा आफ्ना पार्टीका सभापतिले सरुवा गरेको भन्ने कुरा झुट भएको बताएका छन् । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ असार ७ गते बल्ल दर्ता भएको थियो । 

‘हिजोको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो कि तिर्थ भट्टराई जी लाई २०७८ सालमा मोरङको सिडियो सरुवा गरियो जुन तत्कालिन गृहमन्त्री रवि लामिछाने ज्यूले गर्नुभयो भनेर । यो कति झुटो हेर्नुस् त, हाम्रो पार्टी नै दर्ता भयो २०७९ साल असार ७ गते अनी ७८ को सिडियो चाहीँ कसरी सुरुवा हुन्छ हामीबाट ?’ झा ले प्रश्न गरे । 

त्यस्तै उनले त्यस समयमा रवि लामिछानेविरुद्ध कुनै उजुरी नभएको समेत स्पष्ट पारे । 

उनले राजनीतिक सुझबुझ देखाउँदै बजेट प्रस्तुत गर्न दिएपनि आगामी दिनमा सहज रुपमा संसद चल्न नदिने बताए । उनले भिजिट भिसा प्रकरणमा आफूहरुको तीनओटा माग रहेको बताउँदै त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताए । र भिजिट भिसामा गृहमन्त्रीको संलग्नताबारे यथेस्ट प्रमाणहरु आफूहरुले संकलन गरेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी सुशासन योद्धाका आमा भन्छिन्ः ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

जेनजी सुशासन योद्धाका आमा भन्छिन्ः ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

दशैँ आयो, गयो । तिहार पनि गयो । चाडपर्वमा त हो छोराछोरीको यादले बढी सताउने । अबका चाडपर्वमा दिपेशको उपस्थिति हुने छैन । दिपेशलाई मासु औधी मनपथ्र्यो ।...
कर्णालीमा ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन

कर्णालीमा ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन

कार्यक्रमअन्तर्गत पहिलो चरण मंगलबार र बुधबार दुइदिन सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरूमा उक्त कार्यक्रम सञ्चालन भएको हो । कर्णाली प्रदेश प्रहरी अस्पताल प्रमुख डा श्यामकृष्ण लौडारीका अनुसार गणमा कार्यरत...
तोलामा दुइ हजार एक सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा दुइ हजार एक सय रुपैयाँले घट्यो सुनको मुल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छ, भने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५...
यस्ता छन् मेलम्ची खानेपानी आयोजनामा गरिएको अवरोध खुलाउन भएको सहमति

यस्ता छन् मेलम्ची खानेपानी आयोजनामा गरिएको अवरोध खुलाउन भएको सहमति

सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ...