नेभिगेशन
समाज

११ सय ४३ किलो गाँजा सहित २ जना पक्राऊ

उदयपुर । प्रहरीले उदयपुरमा प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको संयुक्त टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका १ रानीटारबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चौदण्डीगढी १ रानीटार निवासी अन्दाजी बर्ष ४१ कि रत्न माया श्रेष्ठको घरबाट बोरामा प्याक गरी राखिएको ३५ बोरा प्रतिबन्धित लागुऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक हरिहर नाथ योगीले बताए ।

Ncell
Extreme Energy

बोरामा लुकाईछिपाई राखिएको प्रतिबन्धित लागुऔषध गाँजा ११ सय ४३ केजी रहेको प्रहरीले जनाएको छ । घरमा लुकाईछिपाई राखेको उक्त गाँजासहित घरधनी रत्नमाया श्रेष्ठ र सोही स्थान बस्ने अन्दाजी वर्ष ४२ की कमला श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...